महानगरको संस्थागत विद्यालय छात्रवृत्तिका लागि १६ हजार बढी विद्यार्थीले प्रवेश परीक्षा दिँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षामा १६,१३७ जना विद्यार्थी छनोट भएका छन् ।
देशभरका ७७ जिल्लाबाट प्राप्त कुल १७,२२९ आवेदनमध्येबाट यी विद्यार्थीहरू छनोट भएका हुन् । पहिचान खुल्ने नागरिकता वा जन्म दर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको, अथवा काठमाडौँ महानगरपालिकामा स्थायी बसोबास भएको प्रमाण संलग्न नभएका १०९२ आवेदन अस्वीकृत भएका हुन् ।
शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११,५९०, व्यवस्थापन संकायका लागि ४,१६४, मानविकी संकायका लागि ३२, शिक्षा संकायका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश रहेका छन् । छनोट भएका विद्यार्थीहरूलाई इमेल र फोनमार्फत सूचना पठाइसकिएको छ ।
कसरी प्रवेश परीक्षा विवरण ?
महानगरको शिक्षा विभागका छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ गते बिहान ८ः ०० देखि १०: ०० बजेसम्म आयोजना हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०ः ३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्नेछ र गलत उत्तरका लागि कुनै नकारात्मक अंकन गरिने छैन ।
परीक्षाको नतिजापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण