३१ हजार एम्पुल लागुऔषधसहित २ जना पक्राउ
बिहीबार, ०१ साउन २०८२, १६ : ५४
सारांश
- प्रहरीले काठमाडौंको बल्खुबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा कुंगा तामाङ र पदमबहादुर महतो रहेको प्रहरीले जनाएको छ।
- प्रहरीले उनीहरूको डेराबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ र अनुसन्धान जारी छ।
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खुबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुंगा तामाङ र पदमबहादुर महतो छन् ।
आरोपीहरूले डेरामा लुकाएर राखेको अवस्थामा ३१ हजार १०१ एम्पुल लागुऔषध बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
प्रहरीले उनीहरूको डेराबाट १० हजार ३६७ एम्पुल बुप्रेनोर्फिन, १० हजार ३६७ एम्पुल डाइजेपाम र सोही परिमाणमा फेनार्गन बरामद गरेको हो । आरोपीहरुबिरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण