बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्यटन बोर्डका विवादित पूर्वप्रमुख कार्यकारी अधिकृत रेग्मी रास्वपामा प्रवेश

बिहीबार, ०१ साउन २०८२, १७ : ०२
बिहीबार, ०१ साउन २०८२

सारांश

  • नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख डा. धनञ्जय रेग्मी रास्वपामा प्रवेश गरेका छन्।
  • बोर्डमा रहँदा रेग्मी विभिन्न विवादमा मुछिएका थिए, जसमा भन्सार कर्मचारीसँगको झगडा र आर्थिक अनियमितताका आरोप थिए।
  • उनलाई बोर्डले निलम्बन गरेको थियो र उनले छानबिन समितिका संयोजकलाई धम्की दिएका थिए।

काठमाडौँ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनीषा झाले रेग्मी पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् ।

पर्यटन बोर्डमा रहँदा रेग्मी एकपछि अर्को विवादमा मुछिएका थिए । २०७८ सालमा बेलायतबाट नेपाल फर्कने क्रममा आफूले ल्याएको रक्सीको निहुँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीसँग झगडा गरेका थिए ।

आफ्नो पदीय हैसियतको दुरुपयोग तथा नैतिक आचरण विपरीत काम गरेको भन्दै उनलाई बोर्डको सञ्चालक समितिले निलम्बनसमेत गरेको थियो । त्यतिबेला यस विषयमा गठित छानबिन समितिका संयोजक चन्द्रप्रसाद रिजाललाई उनले मार्ने तथा काट्ने धम्कीसमेत दिएका थिए ।

त्यस्तै, २०८० सालमा रेग्मीले बोर्डको ६० लाख रकम खर्च गर्ने गरी आफ्नो निजी कम्पनीको भूगोलसम्बन्धी कार्यक्रम गरेको आरोप लागेको थियो । 

उनी बोर्डमा रहँदा आर्थिक पारदर्शितामा प्रश्न उठेपछि अख्तियार दुरुपयोग आयोगले केही योजनासँग सम्बन्धित कागजात पनि मगाएको थियो । स्याङ्जाका स्थायी बासिन्दा रहेका रेग्मी विभिन्न व्यवसायमा पनि संलग्न छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप