बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केपी ओलीले भने– विद्यालाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन

बिहीबार, ०१ साउन २०८२, १७ : २७
बिहीबार, ०१ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्व हस्तान्तरण गर्न नसकिने बताए।
  • ओलीले भण्डारी राजनीतिमा आउनेबारे पार्टीमा छलफल नभएको र संगठनात्मक अनुभव नभएको उल्लेख गरे।
  • विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेकी थिइन्।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिले नै पार्टी नेतृत्व हस्तान्तरण गर्ने अवस्था नरहेको बताएका छन् । पत्रकार विजकुमार पाण्डेलाई दिएको अन्तरवार्तामा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन’, ओलीले भनेका छन्, ‘दोस्रो, पार्टी काम छाडेर धेरै वर्ष बाहिर बस्नुभएको र पहिले पनि लिडरसिपमा बसेर काम गरेको सङ्गठनात्मक अनुभव उहाँसित छैन ।’ 

अध्यक्ष ओलीले भण्डारीलाई पार्टीमा भित्र्याउने विषयमा पार्टीमा छलफल पनि नभएको प्रस्ट पारेका छन् ।  ‘अरूसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढङ्गले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन’, ओलीको भनाइ छ । 

पूर्व राष्ट्रपति भण्डारीले असार १४ गते पार्टी सदस्यता नवीकरण गरेको र सक्रिय राजनीतिमा आउने बताएकी थिइन् । साथै उनले पार्टीमा सक्रिय हुँदा आगामी दिनमा नेतृत्व गर्ने बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप