प्रचण्डसँग शेखरको गुनासो : सरकारले निराशा चिर्न सकेन
सारांश
- डा. शेखर कोइरालाले प्रचण्डसँगको भेटमा केपी ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाए ।
- कोइरालाले राजनीतिक अस्थिरता र सरकारका कामकारबाहीबारे चिन्ता व्यक्त गर्दै दुई ठुला दल मिल्नुपर्ने प्रस्ताव गरेका थिए ।
- खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय, सरकारका काम र आगामी योजनाबारे छलफल भयो ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको गठबन्धन सरकारबारे निराशा व्यक्त गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर सरकारको काम कारबाहीबारे निराशा व्यक्त गरेका हुन् ।
स्रोतका अनुसार सामान्य गठबन्धन सरकार हुँदा राजनीतिक अस्थिरता बढेको, संविधान संशोधनमा समस्या देखिएको, जनतामा बढ्दै गएको निराशा चिर्न दुई ठुला दल मिल्नुपर्ने प्रस्ताव आफैले गरेको तर एक वर्षमा सरकार असफल भएकोमा कोइरालाले प्रचण्डसँग चिन्ता व्यक्त गरेका थिए ।
‘प्रचण्ड र कांग्रेसका नेता शेखर कोइरालासँग देशको समसामयिक राजनीतिबारे खुलेर कुरा भयो । छलफलको क्रममा देशलाई अस्थिरताबाट जोगाउन, सुशासन, समृद्धि र संविधान संशोधनका लागि आफैले दुई ठुला दल कांग्रेस र एमाले मिल्नुपर्छ भनेर प्रस्ताव गरेको । सात बुँदेको आधारमा बनेको अहिलेको गठबन्धन सरकारले जनतामा झन् निराशा थप्यो । संविधान संशोधन, सुशासन, आर्थिक समृद्धिको पक्षमा कुनै काम गर्न सकेन, देश झन् अप्ठ्यारो अवस्थामा पुग्यो भनेर उहाँ(शेखर)ले चिन्ता व्यक्त गर्नुभयो’, स्रोतको दाबी छ ।
दुई घण्टा लामो छलफलमा प्रचण्डले देश अहिले निकै जटिल अवस्थामा पुगेकाले कांग्रेस र माओवादी एक ठाउँमा उभिनुपर्ने बताएको बुझिएको छ । ओली सरकारका मन्त्रीहरू विभिन्न काण्डमा मुछिएको, सङ्घीय निजामती सेवा विधेयकमा देखिएको छेडखानी, विद्यालय विधेयक, सङ्घीय प्रहरी विधेयक लगायत विधेयक अगाडि बढाउन भइरहेको ढिलासुस्ती लगायत विषयमा पनि खुलस्त कुराकानी भएको बुझिएको छ । सरकारले द्रुत गतिमा अगाडि बढाउन खोजिएको भूमि व्यवस्था सम्बन्धी विधेयक लगायत विषयमा पनि छलफल भएको छ ।
सत्ता समीकरण फेरबदलको विषयमा कुनै छलफल नभएको स्रोतले जिकिर गरेको छ । गठबन्धनको संस्कृति अनुसार प्रधानमन्त्री ओली नचलेको, सरकारलाई एमालेकरण गर्न खोजिएको विषयमा भने कोइरालाले असन्तुष्टि पोखेको बुझिएको छ । यता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले प्रचण्डसँग भएको पुष्टि गरे पनि के–के विषयमा छलफल भएको भन्नेबारे अनविज्ञ प्रकट गरे । उनले समसामयिक विषयमा दुई शीर्ष नेताबिच छलफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण