बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ
सारांश
- बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीचको झडपमा चार जनाको मृत्यु भएको छ।
- गोपालगञ्जमा हसिनाको पार्टीका सदस्यहरूले नेशनल सिटिजन्स पार्टीको र्याली विफल पार्न खोज्दा झडप भएको थियो।
- प्रहरीले झडपपछि २० जनालाई पक्राउ गरेको छ र सेनाले भीड नियन्त्रणमा लिएको बताइएको छ।
बङ्गलादेश । अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको एक दिनपछि प्रहरीले बिहीबार २० जनालाई पक्राउ गरेको जनाएको छ ।
पूर्वप्रधानमन्त्री हसिनाको गृहनगर गोपालगञ्जमा उनको अवामी लिग पार्टीका सदस्यहरूले नेशनल सिटिजन्स पार्टी (एनसीपी) को र्यालीलाई विफल पार्न खोजेपछि बुधबार झडप भएको प्रहरीले बताएको छ ।
झडप भएको क्षेत्रमा इँटा, ढुङ्गा र फुटेका झ्यालका सिसाहरू थुप्रिएका देखिन्थ्यो । कर्फयू लागू गर्न जिल्लामा एक हजार ५०० भन्दा बढी प्रहरी, सैनिक र सीमा रक्षक परिचालन गरिएको छ ।
‘गोपालगञ्जमा कानूनी व्यवस्थाको स्थिति अहिले सामान्य बनेको छ र शान्तिपूर्ण छ,’ प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। बङ्गलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको गृहनगर गोपालगञ्ज हो भने मा उनकी छोरी हसिनाले पनि यस जिल्लाबाट चुनाव लडेकी थिइन् ।
गोपालगञ्ज जिल्ला अस्पतालका निर्देशक जीवितेश विश्वासले बिहीबार झडपपछि चार जनालाई मृत अवस्थामा ल्याइएको बताएका छन् । विश्वासका अनुसार अस्पतालअगाडि पनि गोली चलाइएको थियो र कम्तीमा १८ जना घाइतेलाई पनि ल्याइएको थियो ।
‘तीमध्ये तीनजनाको छाती, टाउकोको पछाडिको भाग र खुट्टामा चोट लागेको छ,’ उनले भनिन् । १८ वर्षीय मिस्त्री रामजन शेखको गोली लागेर मृत्यु भएको उनको परिवारका सदस्यले एएफपीलाई बताए ।
रम्जनका काका मोहम्मद कलिम मुंशीले भने, ‘तिनीहरूले उनको छातीमा कुल्चेका थिए। जब हामी अस्पताल पुग्यौँ, उनको मृत शरीर रगतले लतपतिएको भेट्टायौँ ।’
एएफपीले उक्त दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न सकेन । बङ्गलादेशी सेनाले ‘अनियन्त्रित भीड’लाई नियन्त्रण गर्न प्रहरीसँगै आफ्ना सैनिकले हस्तक्षेप गरेको बताएको छ । ‘तर, सुरषाकर्मीको हस्तषेपपछि भीड थप आक्रामक भयो, डुङ्गा र इँटासहितका सामान फ्याँकेर सेनालाई आत्मरक्षाका लागि बल प्रयोग गर्न बाध्य बनायो,’ विज्ञप्तिमा भनिएको छ ।
नाम नबताउने शर्तमा गोपालगञ्जका २४ वर्षीय एक युवकले भने, ‘रहमानप्रति कुनै पनि अनादर स्वीकार्ने छैन भन्ने कुरा सत्ताधारी समूहले बुझ्नुपर्छ ।’ ‘सरकारको संरक्षणमा नेताहरूले मुजिबुर रहमानविरुद्ध लगातार मानहानि गरिरहेका छन् । उहाँप्रति कुनै पनि अनादर स्वीकारिने छैन भन्ने कुरा सत्ताधारी समूहले बुझ्नुपर्छ ।’
मानव अधिकारवादी संस्था ऐन ओ सलिश केन्द्रले गोपालगञ्जका जनतामाथि अत्यधिक बल प्रयोग गर्नु र उनीहरूमाथि गोली चलाउनु मानव अधिकारको मापदण्ड र संविधानको ठाडो उल्लङ्घन भएको बताएको छ ।
बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले एनसीपीको र्यालीलाई असफल पार्ने प्रयास ‘उनीहरूद्वारा भएको जनताको मौलिक अधिकारको लज्जास्पद उल्लङ्घन’ भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण