बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

बिहीबार, ०१ साउन २०८२, २२ : ३४
बिहीबार, ०१ साउन २०८२

सारांश

  • बेलायत सरकारले १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ।
  • आलोचकहरूले बेलायतको लोकतन्त्र संकटमा रहेको तर्क गरेका छन्, किनकि यो परिवर्तन विवादास्पद छ।
  • प्रधानमन्त्रीले १६/१७ वर्षका किशोरकिशोरीले मतदान गर्न पाउनु स्वभाविक हुने बताए।

लन्डन। बेलायत सरकारले बिहीबार १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ । सत्तारुढ लेबर पार्टीले गत वर्ष सत्तामा आउनुअघि उमेर १८ वर्षबाट घटाउने प्रतिबद्धता जनाएको थियो । यो बेलायतमा यो सरकारको पालामा भएका थुप्रै योजनाबद्ध परिवर्तनहरूमध्ये एक हो ।

यद्यपि, आलोचकहरूले यो निर्णयलाई सङ्केत गर्दै बेलायतको लोकतन्त्र ‘सङ्कटमा’ रहेको तर्क गरेका छन् । मतदानको उमेर परिवर्तन विवादास्पद छ । तथापि, आलोचकहरूले नयाँ–मताधिकार प्राप्त किशोरहरूले लेबर पार्टीलाई समर्थन गर्ने सम्भावना बढी हुने बताएका छन् । 

प्रधानमन्त्री केइर स्टार्मरले भने, ‘उनीहरू काम गर्न बाहिर जानको लागि योग्य छन् कर तिर्न योग्य छन् त्यसैले उनीहरूले कर भुक्तान गर्छन् । मलाई लाग्छ, १६/१७ वर्षका किशोरकिशोरीले मतदान गर्न पाउनु स्वभाविक हुन्छ।’ स्टार्मरले भने, ‘मेरो विचारमा यदि कसैले कर तिर्छ भने उसले आफ्नो पैसा केमा खर्च गर्न चाहन्छ र सरकार कुन दिशामा जानुपर्छ भन्ने कुरा बताउने अवसर पाउनुपर्छ।’

यो घोषणा कार्यान्वयनमा लानका लागि सरकारले संसद्बाट कानुनी प्रावधान ल्याउनुपर्छ । अहिलेको सरकारसँग कानुन परिवर्तनका लागिसहज बहुमत छ । अनलाइन तथ्याङ्कका अनुसार विश्वमा थोरै देशहरूले मात्र १६ वर्षका किशोर किशोरीलाई राष्ट्रिय चुनावमा मतदान गर्न अनुमति दिन्छन्।

 यस पहिले इयू सदस्य राष्ट्रअष्ट्रियाले सन् २००७ मा मतदानको उमेर १६ वर्ष बनाएको थियो । यो १६ वर्षमा मताधिकार दिने इयूको पहिलो राष्ट्र हो । 

यसबाहेक अर्जेन्टिना, ब्राजिल, इक्वेडर र क्युबाले पनि यो अभ्यास गर्दै आएका छन् । 

स्कटल्यान्ड र वेल्समा क्षेत्रीय संसद्को निर्वाचनका लागि विद्यमान मतदान उमेरसँग आम निर्वाचनलाई जोड दिँदै लेबर मन्त्रीहरूले यो परिवर्तन ‘बेलायतको लोकतन्त्रको आधुनिकीकरण’ गर्ने उद्देश्यले गरिएको बताएका छन् ।

यस पहिले अस्ट्रेलिया र क्यानडामा प्रयोग भइरहेको स्वचालित मतदाता दर्ता लागू गर्ने प्रावधान सरकारले अघि सारेका अन्य योजनाबद्ध परिवर्तनहरू हुन् । बेलायतद्वारा जारी गरिएको बैङ्क कार्डहरू मतदान केन्द्रहरूमा आईडीको एक स्वीकृत फारम बनाउने पनि सरकारले नयाँ योजनामा ल्याएको छ । 

पूर्ववर्ती कन्जरभेटिभ सरकारले ल्याएको चुनावी कानुनमा गरिएको परिवर्तनपछि मतदाताले फोटो आइडी देखाउनुपर्ने व्यवस्था थियो । निर्वाचन आयोगका अनुसार गत वर्षको निर्वाचनमा करिब सात लाख ५० हजार मतदाताले मतदान गरेका थिएनन् ।

इन्स्टिच्युट फर पब्लिक पोलिसी रिसर्च थिङ्क ट्याङ्कका कार्यकारी निर्देशक ह्यारी क्विल्टर–पिनरले सन् १९६९ पछिको बेलायतको निर्वाचन प्रणालीमा भएको यो सबैभन्दा ठुलो सुधार भएको बताएका छन् । 

उनले मतदानको उमेर घटाउने र स्वचालित मतदाता दर्ता लागू गर्दा मतदाता नामावलीमा ९५ लाखभन्दा बढी व्यक्ति थपिने बताए। ‘हाम्रो लोकतन्त्र सङ्कटमा छ, र हामी यस्तो बिन्दुमा पुग्ने खतरा छ जहाँ राजनीतिले आफ्नो वैधता गुमाउँछ,’ उनले परिवर्तनको समर्थन गर्दै भने। 

प्रमुख कन्जरभेटिभ विपक्षीले लेबर पार्टीले १६ र १७ वर्षका युवाले अझै पनि चुनावी उम्मेदवारका रूपमा उभिन, चिट्ठाको टिकट वा रक्सी किन्न वा विवाह गर्न नसक्ने दावी गरेको छ । 

‘यो लेबर पार्टीको निर्लज्ज प्रयास हो, जसको अलोकप्रियताले उनीहरूलाई परामर्श बिना नै ठुलो संवैधानिक परिवर्तन गर्न तर्साइरहेको छ, पार्टीका समुदायका प्रवक्ता पल होम्सले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप