आन्द्रे रसलद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा
सारांश
- वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
- ३७ वर्षीय रसलले अस्ट्रेलियाविरुद्धको टी२० खेलपछि राष्ट्रिय टोलीलाई बिदाइ दिने भएका हुन्।
- रसलले सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजले जितेको टी२० विश्वकपमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
जमैका । वेस्ट इन्डिजका अनुभवी अलराउण्डर आन्द्रे रसलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। ३७ वर्षीय रसलले अस्ट्रेलियाविरुद्ध जमैकाको साबिना पार्कमा हुने पहिलो दुई टी–२० खेल खेलेपछि राष्ट्रिय टोलीलाई बिदाइ दिने भएका हुन्।
रसल सन् २०१९ यता टी–२० क्रिकेटमै सीमित थिए । उनले हालसम्म ८४ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन्। उनले वेस्ट इन्डिजका लागि एक टेस्ट र ५६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन्।
उनका अनुसार, आगामी २०२६ फेब्रुअरीमा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपअघि नै अन्तर्राष्ट्रिय करिअर समाप्त पार्ने निर्णय गरेका हुन्। ‘शब्दहरूले व्याख्या गर्न सक्दैन, वेस्ट इन्डिजका लागि खेल्नु मेरो जीवनको सबैभन्दा ठुलो उपलब्धि हो,’ रसलले भावुक हुँदै भने, ‘सानो हुँदा यस्तो स्तरमा पुग्ने कल्पना गरेको थिइनँ। तर खेलप्रतिको माया बढ्दै जाँदा, मैले के गर्न सकिन्छ भन्ने थाहा पाएँ। मैले वेस्ट इन्डिजको जर्सीमा इतिहास बनाउन चाहेँ, अरूलाई प्रेरणा दिन चाहेँ।ू
रसलले सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजले जितेको टी–२० विश्वकप टोलीमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। गत दुई महिनाको अवधिमा रसलअघि अर्का चर्चित खेलाडी निकोलस पूरनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण