मुकुन र नीतिको 'जदौ' निर्माण घोषणा, भदौमा छायाङ्कन
सारांश
- जातीय विभेदको कथामा आधारित फिल्म 'जदौ' निर्माण हुने घोषणा काठमाडौंमा गरिएको छ।
- फिल्ममा मुकुन भुसाल, नीति शाह लगायतका कलाकारको अभिनय रहनेछ, र यसको छायाङ्कन भदौमा सुरु हुनेछ।
- सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिजको संयुक्त निर्माण रहने फिल्म दाङ र प्युठानमा खिचिनेछ।
काठमाडौँ । जातीय विभेद तथा भेदभावका कारण अन्तर्जातीय प्रेमजोडी तथा दम्पतीले हाम्रो समाजमा भोग्नुपर्ने पीडाको कथामा फिल्म ‘जदौ’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्म निर्माण घोषणा गरियो ।
फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने लगायतको अभिनय रहनेछ । काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्ने फिल्म छायाङ्कन भदौ पहिलो साताबाट सुरु हुनेछ ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्म नवअभिनेत्री सन्ध्याले डेब्यु गर्दैछिन् । फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा छन् । श्याम तामाङले खिच्ने फिल्मको निर्माण व्यवस्थापक बुद्धिलाल माझी (देवा),कला निर्देशक चिरञ्जीवि भण्डारी, द्वन्द्व निर्देशक मिलन श्रेष्ठ रहेका छन् ।
बाबुल गिरी र सरोज पोखरेलको संगीत रहने फिल्मको छायाङ्कन दाङ र प्युठानका विभिन्न स्थानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण