भाइरल : कोल्ड प्लेको कन्सर्टमा खुल्यो सीईओको विवाहेत्तर सम्बन्धको पोल
सारांश
- कोल्डप्ले कन्सर्टमा गायक क्रिस मार्टिनले एक सीईओको गोप्य सम्बन्ध सार्वजनिक गरे, जसको भिडियो भाइरल भयो।
- कन्सर्टमा सीईओ एन्ड बायरन र एचआर प्रमुख क्रिस्टिन क्याबोटलाई देखेर मार्टिनले टिप्पणी गरेपछि उनीहरूले अनुहार लुकाए।
- सामाजिक सञ्जालमा बायरन र क्याबोटको आलोचना भइरहेको छ, कतिपयले सम्बन्ध विच्छेदको कारण कन्सर्टलाई मानेका छन्।
बर्मिङ्घम । चर्चित ब्यान्ड कोल्डप्लेका गायक क्रिस मार्टिनले हालै भएको एक कन्सर्टमा एक कम्पनीका सीईओको गोप्य सम्बन्धलाई अनजानेमै खुलासा गरेपछि त्यसको भिडियो भाइरल बनेको छ।
कन्सर्टको क्रममा दर्शकसँग अन्तरक्रिया गर्दै मार्टिनले क्यामेराको लेन्स एक जोडीमा केन्द्रित गरे। एक अर्कालाई अङ्कमाल गरिरहेका जोडीलाई देखेर उनले ‘अहो, यी दुईलाई हेर’ भनेका थिए। तर, उनीहरूले हतारमा अनुहार लुकाउन थालेपछि सबै दर्शक आश्चर्यचकित बने।
भाइरल भिडियो र सामाजिक सञ्जालको जानकारी अनुसार ती व्यक्ति एस्टोनोमर नामक सफ्टवेयर कम्पनीका सीईओ एन्ड बायरन थिए। उनी आफ्नी पत्नी नभएर कम्पनीकी मानव संसाधन (एचआर) प्रमुख क्रिस्टिन क्याबोटसँग कन्सर्टमा उपस्थित थिए।
क्यामेराले उनीहरूलाई देखाएपछि बायरनले क्याबोटबाट हात हटाएर ब्यारिकेड पछाडि लुक्न खोजेका थिए। यसैबिच क्याबोटले भने आफ्नो अनुहार हातले छोपेकी थिइन् । जिलेट स्टेडियममा उपस्थित सबै दर्शक हाँस्न थालेपछि क्रिस मार्टिनले भने, ‘अहो, के भयो ? कि त उनीहरूको विवाहेत्तर सम्बन्ध छ, कि त उनीहरू निकै लजालु छन्।’
यो घटनापछि सामाजिक सञ्जालमा बायरन र क्याबोटको आलोचना भइरहेको छ। एक्समा एक प्रयोगकर्ताले लेखे, ‘ओहो, यो त श्रीमतीलाई कसरी बुझाउने हो ?’ अर्को एक जनाले लेखे, ‘पत्नीका लागि दुःख लाग्यो, तर उनीहरूलाई यसरी उदाङ्गो पारिएकोमा खुसी लाग्यो।’
अर्का एक प्रयोगकर्ताले व्यङ्ग्यात्मक रूपमा ‘एचआरको नीति अब छिट्टै अद्यावधिक हुनेछ’ भनेर लेखेका छन्। यसैगरी, केही प्रयोगकर्ताले ‘कोल्ड प्लेको कन्सर्टमा जानु नै सम्बन्ध विच्छेदको एक कारण हुन सक्छ’ भनेर ठट्टा पनि गरेका छन्।
Coldplay accidentally exposed an alleged affair between Astronomer CEO Andy Byron and his colleague Kristin Cabot at one of their recent concerts. pic.twitter.com/hsJHV2u5UM
— Pop Base (@PopBase) July 17, 2025
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण