अपडेट
नेताहरूको सम्पत्ति छानबिन गर्न राप्रपाको माग, अख्तियारपछि शुद्धीकरण विभागमा ज्ञापन
शुक्रबार, ०२ साउन २०८२, १४ : ५०
सारांश
- राप्रपाले २०४६ सालपछिका उच्च पदस्थ नेताहरूको सम्पत्ति छानबिनको माग गर्दै विभागमा ज्ञापनपत्र बुझायो।
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको टोलीले शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझायो।
- यसअघि, राप्रपाले भ्रष्टाचारको छानबिनको माग गर्दै अख्तियारमा पनि ज्ञापनपत्र बुझाएको थियो।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालपछि सत्तामा पुगेका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएको छ। पार्टीले लामो समयदेखि एजेन्डा बनाउँदै आएको यो विषयलाई शुक्रबार औपचारिक रूपमा विभागमा दर्ता गराएको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार हरिहरभवनस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई ज्ञापनपत्र बुझाएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
यसअघि आजै राप्रपाले भ्रष्टाचारको छानबिन माग गर्दै अख्तिायरमा पनि ज्ञापनपत्र बुझाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण