सलमानलाई उछिनेर अमिताभ बच्चन बने भारतको सबैभन्दा महँगा होस्ट
नयाँ दिल्ली । बलिउडका महानायक अमिताभ बच्चन छिटै आफ्नो हिट क्विज शो ‘कौन बनेगा करोडपति’को १७ औँ सिजनको साथ टिभीमा पुनरागमन गर्दैछन् । उनले सन् २००० मा केबीसी होस्टको रूपमा सुरुवात गरेका थिए ।
तेस्रो सिजन बाहेक सबै सिजन अमिताभ बच्चनले होस्ट गरेका थिए । तेस्रो सिजन भने शाहरुख खानले होस्ट गरेका थिए । अब शोको १७ औँ सिजन आउँदैछ । यसलाई अमिताभले होस्ट गर्नेछन् । यस सिजनसँगै, अमिताभ सबैभन्दा धेरै कमाउने टिभी शो होस्ट बनेका छन् ।
सियासत डट कमको खबरअनुसार, अमिताभ बच्चनले केबीसी १७ को प्रत्येक एपिसोडको लागि ५ करोड रुपैयाँ लिइरहेका छन् । यो शो हप्तामा पाँच पटक आउने भएकोले उनको साप्ताहिक आम्दानी २५ करोड रुपैयाँ हुन्छ । अर्थात् उनले एक हप्तामा २५ करोड रुपैयाँ कमाएका छन् । योसँगै, अमिताभ बच्चन भारतमा सबैभन्दा धेरै कमाउने टिभी होस्ट बनेका छन् । उनले सलमान खानलाई पनि पछि पारेका छन् ।
सलमान खानले होष्टिङ गरेर हरेक हप्ता २४ करोड रुपैयाँ कमाउँथे । रिपोर्ट अनुसार, सलमान खानले ‘बिग बोस ओटीटी२’को सप्ताहांत का वार एपिसोडको लागि प्रति एपिसोड १२ करोड रुपैयाँ पाउँथे, जुन प्रति हप्ता लगभग २४ करोड रुपैयाँ थियो । सलमानले बिग बोसको लागि हप्तामा दुई दिन मात्र सुटिङ गर्थे ।
सोनी टिभीले अप्रिल ४ मा एक प्रोमो भिडियोमार्फत ‘कौन बनेगा करोडपति १७’को घोषणा गरेको थियो । प्रोमोमा, अमिताभ बच्चनले पेट दुखेको बिरामीको भूमिका निभाएका थिए, जसले शोको फिर्ताको संकेत गरेको थियो । यसमा उनले केबीसी १७ को लागि दर्ता खुला भएको र प्रशंसकहरूलाई सोनी लिभ एप, एसएमएस वा आईभीआर कल मार्फत दर्ता गर्न प्रोत्साहित गरेका थिए । केबीसी १७ को प्रिमियर २०२५ को अगस्ट ११ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण