ललितपुरमा युलेन्स स्कुलको गाडी तोडफोड
शुक्रबार, ०२ साउन २०८२, २२ : १९
सारांश
- नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) का कार्यकर्ताले युलेन्स स्कुलको गाडी तोडफोड गरे।
- शैक्षिक हडताल अवज्ञा गरेको भन्दै कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ।
- ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुलको गाडीमा तोडफोड भएको हो।
काठमाडौँ । शैक्षिक हडताल अवज्ञा गरेको भन्दै नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) का कार्यकर्ताले युलेन्स स्कुलको गाडी तोडफोड गरेका छन् ।
युलेन्स स्कुल ललितपुरको खुमलटारमा सञ्चालित छ । शिक्षा ऐन जारी गर्न माग गर्दै अखिल (क्रान्तिकारी) ले शुक्रबार शैक्षिक हडताल आह्वान गरेको थियो । स्कुलबाट निस्किएको स्कुलको गाडीलाई सडकमा विद्यार्थीहरूले ढुङ्गा प्रहार गरेर भागेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए । गाडी तोडफोडमा संलग्नहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
हडतालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले गाडी तोडफोड गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण