राप्रपा उपाध्यक्ष र केन्द्रीय सदस्यबाट बर्खास्त गिरी भन्छन्: ‘हतोत्साहित भएको छैन, जिम्मेवारी थप मजबुत भएको छ’
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पार्टीले बर्खास्त गरेको छ।
- गिरीले आफूलाई अन्यायपूर्वक बर्खास्त गरिएको आरोप लगाउँदै पार्टी विधान विपरीत निर्णय भएको दाबी गरेका छन्।
- उनले पार्टीको सुदृढीकरणका लागि देशभरका साथीहरूसँग रहने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट बर्खास्त मुकुन्दश्याम गिरीले पार्टीले आफूलाई अन्यायपूर्वक बर्खास्त गरेको आरोप लगाएका छन्। शुक्रबार साँझ फेसबुकमार्फत सार्वजनिक अपिल जारी गर्दै गिरीले पार्टीले विधान विपरीत निर्णय लिएको दाबी गर्दै, उक्त निर्णयबाट आफू हतोत्साहित नभएको तर पार्टीप्रति आफ्नो जिम्मेवारी थप मजबुत बनेको बताएका छन्।
गिरीले लेखेका छन्, ‘पार्टीको स्थापनाकालदेखि नै मैले आफ्नो सम्पूर्ण ऊर्जाशील समय र समर्पण राप्रपाको हितमा लगाएको छु। आज ममाथि गरिएको अन्यायले दुःखी बनाएको छ, तर म हतोत्साहित भएको छैन। मेरो पार्टीप्रतिको जिम्मेवारी थप मजबुत भएको छ।’
उनले राप्रपाको सुदृढीकरण र उद्देश्य पूर्तिका लागि सधैँ देशभरका साथीहरूसँग रहने प्रतिबद्धता पनि जनाएका छन्।
यसअघि शुक्रबार नै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्यको जिम्मेवारीबाट बर्खास्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण