अमेरिकी दूतको दाबी : सिरिया र इजरायलबिच युद्धविरामको सहमति
सारांश
- टर्कीका लागि अमेरिकी राजदूतले सिरिया र इजरायलबीच युद्धविरामको सहमति भएको घोषणा गरे।
- इजरायलले सिरियामा हवाई आक्रमण गरेको थियो, जसमा तीन जनाको मृत्यु भएको बताइएको छ।
- सिरियाली राष्ट्रपतिले इजरायलले सिरियालाई विभाजित गर्न खोजेको आरोप लगाएका छन्, साथै कूटनीतिक प्रयासहरूलाई अमेरिकाले तीव्रता दिएको छ।
काठमाडौँ । सिरिया र इजरायलबीच युद्धविरामको सहमति भएको टर्कीका लागि अमेरिकी राजदूत तथा सिरिया मामिलाका विशेष दूत टम ब्यारेकले शुक्रबार घोषणा गरेका छन्। उनका अनुसार यो सम्झौतालाई टर्की, जोर्डनसहितका छिमेकी मुलुकहरूले स्वागत गरेका छन्।
ब्यारेकले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामी ड्रुज, बेडुइन र सुन्नीहरूलाई हतियार बिसाउन र अन्य अल्पसंख्यकहरूसँग मिलेर शान्ति र समृद्धिका साथ नयाँ संयुक्त सिरियाली पहिचान निर्माण गर्न आह्वान गर्छौं।’ युद्धविरामको विषयमा इजरायल वा सिरियाली सरकारले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
बुधवार इजरायलले सिरियामा हवाई आक्रमण गरेको थियो। इजरायलका अनुसार ती आक्रमणहरू ड्रुज समुदायको सुरक्षा गर्नका लागि थिए। सिरियामा पूर्व राष्ट्रपति बशर अल-असदको पतनपछि ड्रुज समुदाय र सरकारी समर्थक सेनाबिचको झडपमा कैयौंको ज्यान गएको छ।
डामास्कसमा इजरायली आक्रमणका क्रममा सरकारी भवनहरूलाई लक्षित गरिएको थियो। सरकारी अधिकारीहरूका अनुसार यस आक्रमणमा तीन जनाको मृत्यु भएको छ। सिरियाली टेलिभिजनको प्रत्यक्ष प्रसारणका क्रममा रक्षा मन्त्रालयको भवनमा आक्रमण हुँदा समाचार प्रस्तोता नै क्यामराबाट ओझेल परेर लुकेका दृश्य सार्वजनिक भएका छन्।
सिरियाली राष्ट्रपति अहमद अल-शराले बुधबार राति टेलिभिजन सम्बोधनमार्फत सेनाले झडप भइरहेका स्वैदा क्षेत्रबाट फिर्ता हुन थालेको बताएका थिए। यस क्षेत्रको ड्रुज मिलिसिया र बेडुइन जातिहरूबीचको झडपपछि सरकार हस्तक्षेपमा उत्रिएको थियो। अल-शराले ड्रुज गुटसँग नयाँ युद्धविरामको घोषणा पनि गरेका छन्।
उक्त सम्बोधनमा राष्ट्रपति अल-शराले इजरायलले सिरियाली जनतालाई विभाजित गर्न खोजेको र देशलाई ‘अराजकताका युद्धभूमिमा’ परिणत गर्न चाहेको आरोप लगाए।
यसबिच अमेरिकाले सिरियामा बढ्दो तनावप्रति चासो व्यक्त गर्दै कूटनीतिक प्रयासहरूलाई तीव्र पारेको बताएको छ।
सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण