गायक रवि ओड बने ब्रान्ड प्रतिनिधि
सारांश
- नेपाल आइडल विजेता रवि ओड शैक्षिक परामर्श संस्थाको ब्रान्ड प्रतिनिधि बनेका छन्।
- गायक ओडको सांगीतिक यात्रा र अनुभव अब विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि प्रेरणा दिनेछ।
- ट्याग इन्टरनेसनल एकेडेमीले ओडसँगको सहकार्यलाई गौरवको विषय मानेको छ।
काठमाडौँ । नेपाली सङ्गीतको लोकप्रिय रियालिटी कार्यक्रम ‘नेपाल आइडल’ मार्फत लाखौँ दर्शकको मन जित्न सफल गायक रवि ओड अब युवा विद्यार्थीहरूको शैक्षिक यात्रामा मार्गदर्शकको भूमिकामा देखिने भएका छन्। ओड ट्याग इन्टरनेसनल एकेडेमी परामर्श संस्थाको ब्रान्ड प्रतिनिधि बनेका हुन् ।
सुदूरपश्चिमको गाउँबाट सुरु भएको रविको यात्रा, काठमाडौँ हुँदै अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशसम्म फैलिएको छ । साङ्गीतिक यात्राबाट हासिल अनुभव र अन्तर्राष्ट्रिय पहुँचलाई उनले अब शिक्षा तथा परामर्श क्षेत्रमा प्रयोग गर्न थालेका छन् ।
संस्थाका तर्फबाट व्यवस्थापक रोजन रिसालले भने, ‘रवि ओडजस्ता सच्चा र प्रेरणादायी व्यक्तित्वसँग सहकार्य गर्नु हाम्रो लागि गौरवको विषय हो । उहाँको अन्तर्राष्ट्रिय अनुभव, सङ्गीत क्षेत्रमा प्राप्त सफलता र युवासँगको आत्मीय सम्बन्धले संस्थालाई अझ नजिक र भरपर्दो बनाउनेछ ।’
रवि ओडले यो सहकार्यलाई आफ्नो ‘जीवनको अर्को महत्त्वपूर्ण अध्याय’ का रूपमा लिएको बताए । ‘मैले देखेको संसार, भोगेका अनुभव र सङ्गीतबाट पाएको ऊर्जा अब विदेश पढ्न चाहने विद्यार्थीहरूलाई प्रेरणा दिने माध्यम बन्नेछ । ट्यागसँग म केवल प्रतिनिधि होइन, तपाईँहरूको साथी बन्न आएको छु(जहाँ शिक्षा छ, त्यहाँ म पनि छु’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण