निको विलियम्सको बार्सिलोना यात्राकाे च्याप्टर क्लोज
बार्सिलोना । स्पेनका स्ट्राइकर निको विलियम्सले एथ्लेटिक क्लब नछोड्ने घोषणा गरेका छन् । पछिल्ला केही साता बार्सिलोनासँग उनको सम्भावित स्थानान्तरणबारेको समाचारले चर्चा पाएको थियो । तर उनले क्लबमै रहने निर्णय सुनाएका हुन् । उनले एउटा भिडियोमार्फत यो घोषणा गरेका छन्, जहाँ उनले पछिल्ला दिनहरूमा पटक–पटक तोडफोड भएको एक भित्तेचित्रमा आफ्नो नयाँ सम्झौताको प्रतीकस्वरूप हस्ताक्षर गरेका छन् ।
भिडियोमा उनले भनेका छन्, ‘जब निर्णय गर्नुपर्ने हुन्छ, मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा मन हो । म त्यहीँ छु जहाँ म रहन चाहन्छु, आफ्ना आफ्ना साथ । यही मेरो घर हो ।’
निको विलियम्सको नयाँ सम्झौता सन् २०३५ सम्मका लागि भएको छ । यससँगै उनको रिलिज क्लज ५८ मिलियन युरोबाट ५० प्रतिशतभन्दा बढी बढाइएको छ ।
हालैका दिनहरूमा स्पेनको चर्चित खेल पत्रिका मार्काले निको बार्सिलोनामा जाने विषयबारे खुलासा गरेको थियो । उनले बार्सिलोनाले ललिगासँग एक किसिमको ग्यारेन्टी खोजेका थिए ।
एथ्लेटिक क्लब र निकोबिच सन् २०२७ मा समाप्त हुने पुरानो सम्झौता आठ वर्ष लम्ब्याइएको हो । अर्थात् सन् २०३५ को जुन ३० सम्म पुर्याउने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण