जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ
काठमाडौं । काठमाडौं र चितवनका विभिन्न स्थानमा जुवातास खेलिरहेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेका बिम्मा सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई १ लाख ३५ हजार ३ सय रुपैयाँ नगद र २४ बुक ताससहित नियन्त्रणमा लिएको हो।
यस्तै, काठमाडौं महानगरपालिका–३१ भूपिशेरचन मार्गस्थित साबित्री श्रेष्ठको कोठाबाट पनि श्रेष्ठसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनीहरूबाट ८५ हजार ६ सय २० रुपैयाँ नगद र ६ बुक तास बरामद गरेको जनाएको छ।
चितवनमा भने दुई स्थानबाट जुवातास खेलिरहेका १६ जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकको धादिङ होटलबाट मानबहादुर मगरसहित ५ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनीहरूबाट ३८ हजार ९ सय रुपैयाँ नगद र १ बुक तास बरामद गरेको छ।
त्यसैगरी, भरतपुर–२ क्षेत्रपुरस्थित पदम बहादुर आलेको घरमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट ५१ हजार ९ सय ९० रुपैयाँ नगद र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान जारी राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण