नहरमा डुबेर एक जनाको मृत्यु
शनिबार, ०३ साउन २०८२, १९ : १२
सारांश
- कैलालीको लम्की चुहानगरपालिकामा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा दैलेखका २२ वर्षीय प्रेम रसाइली रहेको प्रहरीले जनाएको छ।
- केही समययता जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको संख्या बढिरहेको छ।
लम्की । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइली रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।
रसाइली लम्कीचुहा– ६ गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए । केही समययता जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । शुक्रबार मात्रै गौरीगङ्गा नगरपालिकास्थित नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु भएको थियो ।
सोही नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण