कङ्गो सरकार र एम २३ विद्रोहीबिच युद्धविराम सम्झौता
सारांश
- कतारको मध्यस्थतामा कङ्गो र एम २३ विद्रोही समूहबीच युद्धविराम सम्झौता भएको छ।
- सम्झौतामा आक्रमण रोक्ने, घृणा फैलाउने प्रचार बन्द गर्ने र नयाँ क्षेत्र कब्जा नगर्ने प्रतिबद्धता जनाइएको छ।
- एम २३ ले कब्जा गरेका क्षेत्रबाट 'अनिवार्य फिर्ती' सुनिश्चित गरिएकोबारे दुई पक्षबीच मतभेद देखिएको छ।
दोहा । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र एम २३ विद्रोही समूहबिच लामो समयदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न कतारको मध्यस्थतामा युद्धविराम सम्झौता भएको छ।
शनिबार भएको उक्त सम्झौतामा दुवै पक्षले आ–आफ्ना आक्रमण रोक्न, घृणा फैलाउने प्रचार बन्द गर्न तथा बल प्रयोग गरेर नयाँ क्षेत्र कब्जा नगर्ने प्रतिबद्धता जनाएका छन् । सम्झौतालाई ‘डिक्लेरेसन अफ प्रिन्सिपल्स’ को नाम दिइएको छ।
दस्ताबेजअनुसार, सम्झौताका प्रावधानहरू यही जुलाई २९ भित्र लागू गरिनेछ भने अन्तिम शान्ति सम्झौता आगामी अगस्ट १८ सम्ममा टुङ्ग्याइनेछ। यो सम्झौता गत महिनाको अमेरिकाले मध्यस्थता गरेको कङ्गो र रुवाण्डाबिचको सम्झौताको मापदण्डसँग मिल्दोजुल्दो हुनुपर्नेछ । रुवाण्डाले एम२३ लाई समर्थन गरेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ।
पूर्वी कङ्गो स्थित बहुमूल्य खनिज क्षेत्रहरूमा एम२३ समूहले हालैका महिनामा व्यापक नियन्त्रण जमाउँदै क्षेत्रीय राजधानी गोमा, बुकावु सहर तथा दुईवटा विमानस्थल कब्जामा लिएको थियो। संयुक्त राष्ट्रसंघका अनुसार, यस द्वन्द्वका कारण हजारौँ मानिसको मृत्यु भएको छ भने लाखौँ सर्वसाधारण विस्थापित भएका छन्। यद्यपि, एम२३ समूहले मृतक सङ्ख्या १,००० भन्दा कम भएको दाबी गर्दै आएको छ।
कङ्गो सरकारका प्रवक्ता प्याट्रिक मुयायाले उक्त सम्झौतामा सरकारको ‘रेड लाइन’ अर्थात् एम२३ द्वारा कब्जा गरिएका क्षेत्रबाट ‘अनिवार्य फिर्ती’ सुनिश्चित गरिएको बताएका छन्।
तर, एम२३ का वार्ताकार बेन्जामिन ब्बोनिम्पाले सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको भिडियोमार्फत उक्त सम्झौतामा फिर्तीबारे केही उल्लेख नभएको बताएका छन्। यो सम्झौता एम२३ ले यस वर्षको सुरुवातमा आक्रमण सुरु गरेपछि दुवै पक्षबिच भएको पहिलो प्रत्यक्ष सहमति हो। कतारले वार्ता अझै जारी रहने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण