बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
दोस्रो खण्डको चक्रपथ विस्तार : काममा ढिलाइ हुँदा घाँसले ढाकियो सडक (तस्बिरहरू)
फोटोफिचर

दोस्रो खण्डको चक्रपथ विस्तार : काममा ढिलाइ हुँदा घाँसले ढाकियो सडक (तस्बिरहरू)

आइतबार, ०४ साउन २०८२

काडमाडाैँ । चक्रपथ विस्तारको दोस्रो खण्ड कलङ्कीदेखि सुकेधारा धोबीखोला सडकखण्डमा वर्षासँगै घाँस उम्रिएर हरियाली भएको छ । सो सडक विस्तारमा ढिला गरिँदा झारले सडक ढाकेको हो ।

करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि प्रमुख लेन निर्माणको काम अगाडी बढ्न सकेको छैन । 

चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन सकेको छैन ।

हाल कलङ्की देखि नारायणगोपाल चोकसम्म सडकको दायाँबायाँ घाँस र झारले सडक नै ढाकेको छ ।

त्यसै गरी नारायणगोपाल चोकदेखि चप्पल कारखाना सम्मको ७ सय मिटर सडक विस्तारको काम पनि निकै सुस्त गतिमा भई रहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Ringroad (2)Ringroad (3)Ringroad (4)Ringroad (5)Ringroad (6)Ringroad (7)Ringroad (8)Ringroad (9)Ringroad (10)Ringroad (11)Ringroad (12)Ringroad (13)Ringroad (14)Ringroad (15)Ringroad (16)Ringroad (17)Ringroad (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया