झापाको दमक बिजनेस कम्प्लेक्स अवलोकनका लागि दैनिक ४ सय बढी पुगे
आइतबार, ०४ साउन २०८२, १७ : १०
सारांश
- दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला गरिएको छ।
- कम्प्लेक्स अवलोकनका लागि दैनिक सयौँ मानिसहरू गइरहेका छन्, जसमा प्रवेश शुल्क एक सय तोकिएको छ।
- सहरी विकास मन्त्रालयले यो कम्प्लेक्स परीक्षणका रूपमा सञ्चालनमा ल्याएको हो, जुन धरहराभन्दा अग्लो छ।
झापा । झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला भएसँगै अवलोकनका लागि पुग्नेहरूको सङ्ख्या बढिरहेको छ ।
साउन १ गते ४ सय १८ सर्वसाधारणले अवलोकन गरेकोमा २ गते ३ सय ८१ र ३ गते ४ सय ८१ जनाले अवलोकन गरेका सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिङ्ले जानकारी दिए ।
बिहान १० देखि बेलुकी ५ बजेसम्म खुला गरिएको छ भने प्रति व्यक्ति प्रवेश शुल्क एक सय तोकिएको छ । सहरी विकास मन्त्रालयले साउन १ बाट परीक्षणका रूपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सो कम्प्लेक्स सञ्चालनमा ल्याउन लागेको हो । एक सय मिटर अग्लो उक्त कप्लेक्स १८ तलाको छ ।
यो कम्प्लेक्स ७२ मिटर उचाइ कङ्क्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको रहेको छ । यो धरहराभन्दा अग्लो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण