बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

किशोरीको डिम्बको कारोबार छानबिन गर्न स्वास्थ्य मन्त्रालयद्वारा समिति गठन

आइतबार, ०४ साउन २०८२, १७ : २८
आइतबार, ०४ साउन २०८२

सारांश

  • स्वास्थ्य मन्त्रालयले किशोरीहरूको डिम्ब ओसारपसारमा छानबिन गर्न समिति गठन गरेको छ।
  • डा. ज्वाला थापाको नेतृत्वमा बनेको तीन सदस्यीय समितिले होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकको छानबिन गर्नेछ।
  • १८ वर्ष मुनिका किशोरीको डिम्ब कारोबारको आशंकामा अन्य दुई आईभीएफ सेन्टरमाथि पनि छानबिन हुनेछ।

काठमाडौँ । किशोरीहरूलाई डिम्बको कोरोबारमा संलग्न गराएको घटना बाहिरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको छ । 

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.ज्वाला थापाको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको हो । समितिमा डाक्टर सरोज शर्मा, डा.सुनिता लम्साल र कानुन शाखाका अधिकृत सुरेश चौलागाई रहेका छन् । 

इनभिट्रो फर्टिलाइजेसन सेन्टर (आइभीएफ) को कार्यप्रति प्रश्न उठेपछि तीन सदस्य छानबिन समिति गठन गरिएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिए । उनका अनुसार सचिवस्तरीय निर्णय गरी यस अवैध कार्यमा संलग्न भनिएको होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकमाथि छानबिन गर्न समिति गठन गरिएको हो ।

अन्य दुई आईभीएफ सेन्टरले पनि १८ वर्ष मुनिका किशोरीको डिम्बको कारोबार गरेको आशंकाका आधारमा समितिले छानबिन गरिरहेको जनाइएको छ ।

यो पनि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप