जिल्ला कारागार सिराहामा कैदी बन्दीहरूबिच दोहोरो झडप
सारांश
- सिराहा कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन्।
- झडपपछि घाइतेहरूको उपचारका लागि अस्पताल पठाइएको छ, अवस्था सामान्य रहेको छ।
- कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको र अवैध कारोबारको आशंका गरिएको छ।
सिराहा । जिल्ला कारागार सिराहामा आइतबार अपराह्न कैदी बन्दीहरूबिच दोहोरो झडप भएको छ। झडपमा १३ जना घाइते भएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
उनका अनुसार कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक सोधपुछ गरिरहेको छ। ‘घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ।
उनले भने, ‘अवस्था सामान्य नै भन्ने छ। घटनाबारे प्रारम्भिक छानबिनका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको छ ।’
क्षमताभन्दा साढे तीन गुणा बढी कैदी बन्दी रहेको सिराहा कारागारमा अवैध कारोबार हुने गरेको आशङ्कामा जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको सुरक्षा अधिकारीको टोलीले कैदी बन्दी बस्दै आएको हरेक कोठाको सर्च गरेको थियो।
सर्च अपरेसनको भोलिपल्ट कारागारमा कैदी बन्दीबिच दोहोरो झडप भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण