तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी
चितवन । यहाँको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । बर्सात सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।
अस्पतालका आकस्मिक कक्ष इन्चार्ज अलाउद्दिन मियाका अनुसार वैशाख महिनामा ६० जनाको उपचार गरिएकामा जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । जसमध्ये पाँच जना विषालु सर्पले टोकेका बिरामी हुन् ।
यसैगरी, असार महिनामा १२६ सर्पदंशका बिरामीको उपचार गरिएको छ । जसमा नौ जना विषालु सर्पले टोकेका बिरामी रहेको मियाले जानकारी दिए ।
यस अस्पतालमा चितवनबाहेक मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तनहुँ, गोरखा, लम्जुङदेखिका बिरामी आउने गरेका छन् । अस्पतालमा आएकालाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर लक्षणअनुसार उपचार गर्ने गरिएको छ ।
विषालुअन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपरलगायत पर्दछन् । करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नसालाई असर पुर्याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।
विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गरिँदै आइएको अस्पतालका आकस्मिक कक्ष इन्चार्ज मियाले बताए । हाल यहाँ दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण