ललितपुरमा रुख धनीलाई खुकुरी प्रहार गरेर बुद्धचित्तको दाना लुटपाट, ३ जना पक्राउ
सारांश
- ललितपुरमा बुद्धचित्तको माला लुट्न गएको समूहले रुख धनीलाई खुकुरी प्रहार गर्यो।
- घाइते मार्फालाई उपचारपछि अस्पतालले डिस्चार्ज गर्यो, र प्रहरीले माला लुट्ने समूहलाई पक्राउ गर्यो।
- प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरी डाँकाचोरी मुद्दामा अनुसन्धान सुरु गर्यो।
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–७ स्थित बुरुङचुलीमा रुख धनीलाई खुकुरी प्रहार गरेर एउटा समूहले बुद्धचित्तको दाना लुटपाट गरेको छ ।
स्थानीय कृष्ण बहादुर मार्फाको रुखमा माला लुट्न गएको समूहले उनलाई खुकुरी प्रहार गरेको हो । आनन्दवन अस्पतालमा उपचारपछि ५७ वर्षीय मार्फा डिस्चार्ज भएका छन् ।सिसिटिभी क्यामेराको तार काटेर माला लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–११ घर भएका प्रतिमान गोले, काभ्रेको भुम्लु गाउँपालिका घर भएका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकको मेलम्ची घर भएर काठमाडौँ बस्ने २६ वर्षीय जीवन तामाङ छन् । उनीहरू आइतबार बिहान सवा २ बजेतिर दाना चोर्न गएका हुन् ।
कुकुर भुकेपछि माला धनी घरबाहिर निस्कँदा आरोपीहरूले कृष्ण मार्फाको दायाँ पाखुरामा खुकुरी प्रहार गरे । लुटेरा समूहले बुद्धचित्तका ९९ दान डकैती गरेर भागेका हुन् ।
लुटपाट गरेको करिब ३ घण्टापछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
आरोपीहरू विरुद्ध प्रहरी वृत्त चापागाउँले डाँकाचोरी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण