आज राति सवारी नचलाउन जिल्ला सुरक्षा समिति स्याङ्जाको आग्रह
सारांश
- मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको प्रक्षेपण गरेपछि स्याङ्जामा राति सवारी साधन चलाउन रोक लगाइएको छ।
- जिल्ला सुरक्षा समितिले भारी वर्षाका कारण हुनसक्ने जनधनको क्षतिलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो।
- सिद्धार्थ राजमार्ग र अन्य सहायक सडकमा पनि राति सवारी साधन नचलाउन आग्रह गरिएको छ, र सतर्कता अपनाउन भनिएको छ।
स्याङ्जा । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज राति स्याङ्जामा सवारी साधन सञ्चालन नगर्न आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले स्याङ्जासहित छिमेकी जिल्लाहरूमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी रातको समयमा सवारीसाधन सञ्चालन नगर्न/नगराउन अनुरोध गरेको हो ।
स्याङ्जामा आज बिहानदेखि अविरल वर्षा भइरहेको र भोलिसम्म वर्षा हुने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनधनको क्षति हुन नदिन जिल्ला सुरक्षा समितिले निर्णय राति सवारीसाधन नचलाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
‘मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने भनी प्रक्षेपण गरेकाले आज साँझ ५ः०० बजेदेखि भोलि बिहान ५ बजेसम्म १२ घण्टा अत्यावश्यकबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेका छौँ’, उनले भने, ‘अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन गर्नैपर्ने अवस्था आए नजिकको सुरक्षा निकायसँग समन्वय गर्न आग्रह छ ।’
जिल्लाको मध्यभाग भएर सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग करिब ९० किलोमिटर रहेको छ । यस राजमार्ग तथा जिल्लाभित्रका अन्य सहायक सडकमा पनि रातको समयमा सवारी साधन सञ्चालन नगर्न जिल्ला सुरक्षा समितिले निर्णयसहित अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सम्भावित वर्षाका कारणले भूक्ष्य, बाढी, पहिरोको जोखिम रहेकाले कालीगण्डकी नदी किनार, आँधीखोलालगायतका स्थानीय खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण