चौथो टेस्टअघि भारतलाई चोटको चिन्ता : अब नितीश रेड्डी पनि घाइते
सारांश
- चौथो टेस्ट अघि भारतीय क्रिकेट टोलीका नितीश कुमार रेड्डी घुँडाको चोटका कारण शंकास्पद बनेका छन्।
- आकाश दीप र अर्शदीप सिंह यसअघि नै चोटग्रस्त भइसकेका थिए, जसका कारण अंशुल कंबोजलाई टिममा समावेश गरिएको छ।
- भारत हाल सिरिजमा १-२ ले पछि परेको छ र चौथो टेस्ट २३ जुलाईमा म्यानचेस्टरमा हुँदैछ।
म्यानचेस्टर । इंग्ल्याण्डविरुद्ध जारी पाँच खेलको टेस्ट सिरिजअन्तर्गत चौथो टेस्टअघि भारतीय क्रिकेट टिम थप समस्यामा परेको छ। २४ वर्षीय अलराउन्डर नितीश कुमार रेड्डी घुँडामा चोट लागेर खेल्नेमा शंकाको अवस्थामा पुगेका छन्।
यसअघि नै तीव्र गतिका बलर आकाश दीप र अर्शदीप सिंह चोटिल भइसकेका थिए। भारतीय टिमले यिनको स्थान पूर्ति गर्न दाहिने हातका पेस बलर अंशुल कंबोजलाई टिममा समावेश गरिसकेको छ।
यद्यपि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले चोट सम्बन्धी आधिकारिक जानकारी हालसम्म सार्वजनिक गरेको छैन।
पीटीआई समाचार एजेन्सीका अनुसार, आकाश दीप कम्मर दुखाइको समस्याबाट गुज्रिरहेका छन् र चौथो टेस्टमा उपलब्ध हुने सम्भावना न्यून छ। अर्कोतर्फ, अर्शदीप सिंह ट्रेनिङका क्रममा घाइते भएका थिए। बलिङ अभ्यासका बेला बल रोक्ने प्रयासमा उनी हातमा लागेर घाइते भएका हुन्। भारतीय टिमका सहायक प्रशिक्षक टेन् डोश्चेटका अनुसार, यो चोट गहिरो भएमा अर्शदीप अभ्यासमै सहभागी हुन सक्ने छैनन्।
भारत हाल सिरिजमा १–२ ले पछि परेको छ। चौथो टेस्ट खेल २३ जुलाईदेखि म्यानचेस्टरको ओल्ड ट्र्याफर्ड स्टेडियममा हुनेछ।
यसअघि लर्ड्समा भएको तेस्रो टेस्ट इंग्ल्याण्डले २२ रनले जितेको थियो। भारतले दोस्रो टेस्ट जित्दै सिरिज बराबरीमा ल्याएको थियो। चौथो टेस्ट जित्दै भारतले २–२ को बराबरी ल्याउने लक्ष्य राखेको छ।
- कंबोजको शानदार प्रदर्शन
इंग्ल्याण्ड लायन्सविरुद्ध ‘इण्डिया ए’ का लागि खेल्दै अंशुल कंबोजले उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई मुख्य टिममा बोलाइएको हो। उनले नर्थह्याम्पटन र क्यान्टरबरीमा चार इनिङ्समा पाँच विकेट लिएका थिए।
गएको वर्ष रणजी ट्रफीको एक खेलमा उनले केरलाविरुद्ध एकै इनिङ्समा १० विकेट लिँदै चर्चामा आएका थिए। यो कीर्तिमान बनाउने उनी भारतका तेस्रो खेलाडी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण