थप ३ टेस्ट च्याम्पियनसिपको फाइनल इंग्ल्याण्डले आयोजना गर्ने
सारांश
- इंग्ल्याण्डले सन् २०२७, २०२९ र २०३१ मा आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आयोजना गर्ने भएको छ।
- आईसीसीको वार्षिक सम्मेलनमा यो निर्णय अनुमोदन गरिएको थियो, जसले भारतको अनुमानलाई पछि पार्यो।
- ईसीबीका प्रमुख कार्यकारी रिचर्ड गोल्डले इंग्ल्याण्डमा क्रिकेटप्रतिको प्रेम र प्रशंसकहरूको चाहनालाई प्रशंसा गरे।
काठमाडौँ । इंग्ल्याण्डले सन् २०२७, २०२९ र २०३१ मा हुने आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलको आयोजना गर्ने भएको छ । यसअघि सन् २०२१ देखि भएका तीनवटै फाइनल सफलतापूर्वक आयोजना गरिसकेको कारण इंग्ल्याण्डलाई थप तीनवटा फाइनलको जिम्मेवारी दिइएको हो।
हालै सिंगापुरमा भएको आईसीसीको वार्षिक सम्मेलनमा यो निर्णयलाई अनुमोदन गरिएको हो। केही समयदेखि भारतले यस प्रतियोगिता आयोजना गर्न सक्ने अड्कलबाजी चले पनि आईसीसीले इंग्ल्याण्डको ‘सफल ट्र्याक रेकर्ड’ लाई नै आधार मानेर यो निर्णय लिएको हो।
इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) का प्रमुख कार्यकारी रिचर्ड गोल्डले यस निर्णयप्रति खुसी व्यक्त गर्दै भने, ‘इंग्ल्याण्ड र वेल्सलाई अर्को तीनवटा आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलको आयोजना गर्न छनोट गरिएकोमा हामी निकै खुसी छौँ। यो हाम्रो देशमा क्रिकेटप्रतिको गहिरो प्रेम र विश्वभरका प्रशंसकहरूको यहाँ आएर खेल हेर्ने चाहनाको प्रमाण हो।’
गोल्डले थपे, ‘यी फाइनलहरू आयोजना गर्नु हाम्रो लागि सौभाग्य हो, र हामी अघिल्ला संस्करणहरूको सफलतालाई निरन्तरता दिँदै आईसीसीसँग काम गर्न तत्पर छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण