नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक सफलतापूर्वक पियर किड्नी एक्सचेन्ज
सारांश
- नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण सफलतापूर्वक गर्यो।
- काठमाडौँ र सिराहाका दुई परिवारबीच मिर्गौला साटासाट गरी प्रत्यारोपण असार ३१ गते सम्पन्न भयो।
- पियर किड्नी एक्सचेन्ज विधि, रक्त समूह नमिलेका कारण अपनाइयो, जसमा दुई दाता र दुई प्राप्तकर्ता संलग्न थिए।
काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ । काठमाडौँ निवासी र सिराहा निवासी दुई परिवारबिच मिर्गौला साटासाट गरी असार ३१ गते प्रत्यारोपण गरिएको हो ।
एक परिवारका ४८ वर्षे महिलाले अर्का परिवारका ५८ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् भने ५९ वर्षे महिलाले ४९ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् । श्रीमतीले आफ्नो श्रीमानलाई मिर्गौला दान गर्न चाहे पनि रक्त समूह नमिल्दा पियर किड्नी एक्सचेन्ज विधि अपनाइएको हो ।
अस्पतालमा मल्टिडिसिप्लिनरी टिम भएकै कारण पियर किड्नी एक्चेन्ज प्रत्यारोपण सफल भएको हो । यो शल्यक्रिया गर्दा एकैपटक दुई जना दाता र दुई जना प्राप्तकर्तालाई छुट्टाछुट्टै चारवटा अपरेसन कक्षमा एकैपटक शल्यक्रिया गरिन्छ । यसका लागि मिर्गौला रोग विशेषज्ञ, मिर्गौला सर्जनहरू, मुटुरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्टस्, तालिमप्राप्त नर्सहरूको टिमकै सहभागिता आवश्यक पर्दछ ।
मिर्गौला ट्रान्सप्लान्ट सर्जन तथा यूरोलोजिस्ट डा. रवि किरण गौतमको नेतृत्वमा सर्जनहरु डा. महेश बहादुर अधिकारी, डा. बिपिन महर्जन, डा. विजोय राजवंशी, डा.अजीत खड्ग, डा. सुबोध घिमिरे, डा. अनिल कुमार शाह, डा. प्रमेश श्रेष्ठ, डा. विरोध बस्नेतको प्रत्यारोपणमा संलग्नता रहेको थियो । त्यस्तै प्रत्यारोपणमा नेफ्रोलोजी टिमका डा. ऋषि कुमार काफ्ले, डा. प्रकाश पौडेल, डा. सुमित आचार्य, एनेस्थेसियोलोजिस्टस् डा. प्रज्जवल राज भट्टराई, डा. अपुर्व शर्मा र ट्रान्सप्लान्ट कोअर्डिनेटर जयन्ती कार्की र शंकर भट्टराईको पनि संलग्नता रहेको थियो ।
नेपालमा पियर किड्नी एक्सचेन्जलाई कानुनी रूपमै मान्यता दिइएको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ तथा संशोधित ऐन २०७२ अनुसार, दुई वा दुई भन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसकेको अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रूपमा एक अर्काको परिवारको सदस्यले मन्जुरी दिएको मनासिब देखिएमा प्रत्यारोपण स्वीकृति समितिले स्वीकृति दिन सक्ने छ ।
अस्पतालमा प्रत्यारोपण गराएका बिरामीहरूको आफ्नै परिवारबाट मिर्गौला दान गर्न सम्भव नभएपछि पियर किड्नी एक्सचेन्जको बाटो अपनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण