बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल
काठमाडौँ । न्यु इनर्जी भेइकल (एनईभी) निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
कम्पनीले यो माइलस्टोन सवारीका रूपमा चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा अवस्थित जियाओमो प्रोडक्सन बेसबाट ‘याङवाङ यु७’ सार्वजनिक गर्दै उत्सव मनाएको हो ।
सन् २०२५ को पहिलो छ महिनामा कम्पनीको बिक्रीमा उल्लेखनीय वृद्धि देखिएको छ। जनवरीदेखि जुनसम्मको अवधिमा घरेलु बजारमा बीवाईडीको बिक्री ३१.५ प्रतिशतले वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ भने अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशतले बढ्दै ४ लाख ७२ हजार युनिट पुगेको छ।
यी आँकडाले बीवाईडीलाई ग्लोबल न्यु इनर्जी भेइकल बजारमा शीर्ष स्थानमा पुर्याएको छ । साथसाथै, १ करोड ३० लाख युनिट उत्पादन गर्ने पहिलो कम्पनीका रूपमा यसले सवारी उद्योगमै ऐतिहासिक माइलस्टोन स्थापना गरेको छ ।
बीवाईडीले सार्वजनिक गरेको १ करोड ३० लाखौं सवारी युनिट ‘याङवाङ यु७’ कम्पनीको प्रिमियम ब्रान्ड अन्तर्गतको मोडल हो, जसले १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटो ब्रान्डको कीर्तिमान बनाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण