एआईओएनको ‘द एक्सट्राअर्डिनेरी अफर’ सार्वजनिक, ८ लाखसम्मको छुट
काठमाडौं । प्रिमियम इलेक्ट्रिक भेइकल ब्रान्ड एआईओएन ले ‘द एक्सट्राअर्डिनेरी अफर’ नामक विशेष प्रचार अभियान सार्वजनिक गरेको छ ।
यस सीमित अवधिको अफरअन्तर्गत एआईओएनका विद्युतीय गाडीहरू खरिद गर्दा ग्राहकहरूले अधिकतम ८ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन् ।
कम्पनीका अनुसार, यो अफर नेपालको स्वच्छ र दिगो भविष्यतर्फको यात्रालाई अझ सहज बनाउने उद्देश्यले ल्याइएको हो। मूल्य छुटसँगै ग्राहकहरूका लागि अन्य आकर्षक सुविधा पनि उपलब्ध छन् ।
यस अफरअन्तर्गत ग्राहकहरूले ६.६४% ब्याजदरमा गाडी किन्न सक्नेछन्, जसको ऋण प्रक्रिया ४८ कार्यघण्टाभित्र पूरा हुनेछ र अधिकतम सात वर्षसम्मको सहज ऋण अवधि पाइनेछ ।
अफरमा ६.६ किलोवाट क्षमताको होम चार्जर र ३.३ किलोवाट क्षमताको ट्राभल चार्जर निःशुल्क प्रदान गरिनेछ। साथै एक वर्षको सडक कर र बीमा शुल्क पनि कम्पनीले व्यहोर्नेछ ।
ग्राहकहरूले गाडी साटफेर (एक्सचेन्ज) गर्दा बोनस प्राप्त गर्नेछन् भने साथमा ब्ल्याक एन्ड डेकर ब्रान्डको भ्याकुम क्लिनर र कार वासर पनि निःशुल्क पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण