स्वास्थ्य संस्थालाई सात दिनभित्र मापदण्ड पूरा गर्न निर्देशन
विराटनगर । कानुन अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका कोशी प्रदेशका विभिन्न स्वास्थ्य संस्थालाई सात दिनभित्रमा मापदण्ड पूरा गर्न प्रदेश सरकारले निर्देशन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै विभिन्न गैरसरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो ।
इजाजतपत्र र सञ्चालन स्वीकृति नलिई, स्वीकृतभन्दा बढी शैया सञ्चालन गरी, तथा विशिष्टीकृत सेवाहरू बिना अनुमति सञ्चालन गरिरहेको गुनासो आएको भन्दै मन्त्रालयले सूचना जारी गरेको जनाएको छ ।
सूचनामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७०, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७, जनस्वास्थ्य सेवा ऐन, २०७५ (कोशी प्रदेश), र जनस्वास्थ्य सेवा नियमावली, २०७७ अनुसार सम्पूर्ण प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।
मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रामहरि घिमिरेले जारी गरेको सूचनामा प्रचलित कानुन र मापदण्डअनुसार आवश्यक प्रक्रिया पूरा गरी मात्रै सेवा सञ्चालन नगरे जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद ५ बमोजिम कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण