पीडितकै डेरामा आश्रय लिएर पटक पटक बलात्कार
सारांश
- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई बलात्कारको आरोपमा काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
- पीडित युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको छ र अहिराजले घटना मिलाउन रकम दिएको आरोप छ।
- अहिराजले आफूमाथिको आरोप अस्वीकार गरेका छन् भने प्रहरीले सरकारी वकिलसँग समन्वय गरी थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । मधेश प्रदेशका पुर्वप्रमुख राजेश झा (अहिराज) अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । रौतहट घर भएका अहिराजविरुद्ध बलात्कार गरेको आरोप छ । आफूलाई बलात्कार गरेको भन्दै २३ वर्षीया युवतीले उनीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन् ।
२०७७ फागुनमा मधेश प्रदेशका प्रमुख भएका अहिराज र पीडितका परिवारसँग ‘पारिवारिक’ सम्बन्ध थियो । काठमाडौँ आउजाउ गर्दा उनी नयाँ बानेश्वरस्थित पीडित परिवारकहाँ बस्ने गर्थे ।
पत्रकारिता गरेर अघि बढेका अहिराज समाजमा चिनिएका पात्र थिए । पीडित परिवारले उनको ‘पहुँच’ माथिसम्म भएको भनेर आश्रय दिइरहन्थे । आश्रय लिएर उनले युवतीलाई बलात्कार गरेकाे आराेप छ । पीडितका परिवारले सामान्य कमाई हुने व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका थिए । त्यस्तोमा ती युवतीले आफूमाथि धेरै पटक बलात्कार गरेको पीडितले जाहेरीमा लेखेकी छन् ।
बलात्कारको घटना परिवारका सदस्यले थाहा पाए । त्यसपछि घटना मिलाउन अहिराजले रकम दिने आश्वासन दिन थाले । चार लाख रुपैयाँ दिएर उनले घटना दबाउने प्रयास गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृत भन्छन्, ‘युवतीको खातामा एकपटक चार लाख डिपोजिट भएको देखिन्छ ।’
अहिराजले सो रकम युवतीले आफूसँग ‘बार्गेनिङ’ गरेर लिएको जिकिर गरेका छन् । तर, युवतीकै नाममा डिपोजिट भएको हुनाले बार्गेनिङ पुष्टि नभएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
पीडितले २०८१ माघ ३ मा उनीविरुद्ध बलात्कार जाहेरी दिइन् । आफूविरुद्ध प्रहरीमा जाहेरी पुगेपछि अहिराजले युवतीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जाहेरी दिए । प्रहरीले सो कसुरमा पीडितसँग बयान लिएर ‘हाजिर जमानी’मा रिहा गरेको थियो । पीडितले आफूलाई ५० लाख रुपैयाँ मागेको अहिराजले दाबी गरेका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘मसँग ५० लाख माग गरेका थिए, ४ लाख दिएको हुँ ।’
बलात्कार कसुरमा २०८१ चैत २५ मा अदालतबाट पुर्जी जारी भएसँगै अहिराज फरार भएका थिए । अहिराज फरार भए पनि उनको जाहेरीको आधारमा प्रहरीले पीडितसँग बयान लिएको थियो । बयानमा पीडितले चुनौती दिइन्, ‘मविरुद्ध आपराधिक लाभ पुष्टि गर्नुस्, कारबाही भोग्न तयार छु ।’
अहिराजविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
अहिराजले आफूमाथिको आरोप ‘इन्कार’ गरेका छन् । बलात्कार र आपराधिक लाभविरुद्ध दुई वटा मुद्दा कसरी बढाउने भन्नेबारे सरकारी वकिल कार्यालयसँग समन्वय गरेर निर्णय लिइने एसपी बोहराले बताए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण