आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एमाले बैठकमा विद्याको चर्चा, कुलिङ अफ पिरियड हटाउन जोडबल

सोमबार, ०५ साउन २०८२, २२ : ००
सोमबार, ०५ साउन २०८२

आज २०८२ साउन ५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • साउनको पहिलो सोमबार

श्रावण महिना शिवभक्तहरूको विशेष महिना मानिन्छ । श्रावण महिनाको विधिपूर्वक सोमबार व्रत गर्नुपर्दछ । समर्थ व्यक्तिले उपवास गर्नुपर्दछ । अथवा नक्तभोजन गर्नुपर्दछ । विशेष गरेर प्रदोष आदि गुणले सम्पन्न श्रावणको सोमबारका दिन शिव पूजाको ठुलो महत्त्व छ ।

  • अपराध

मधेश प्रदेशका पुर्वप्रमुख राजेश झा (अहिराज) अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । रौतहट घर भएका अहिराजविरुद्ध बलात्कार गरेको आरोप छ । आफूलाई बलात्कार गरेको भन्दै २३ वर्षीया युवतीले उनीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन् ।

थप समाचार

  • वन व्यवस्थापन

उपभोक्ताहरूले साझेदारी वनमा काठ कुहिएर खेर गइरहेको तर आफूहरूले वर्षैँदिनसम्म काठका लागि कुर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् । ‘काठ कुहिन दिनुभएन । बरु गरिब, विपन्नहरूलाई थोरै शुल्क लिएर समयमै काठ दिनुपर्‍यो भन्ने हाम्रो माग हो,’ उनले भने, ‘उपभोक्ताले काठ–दाउरा नपाउने तर जङ्गलमा गोलाइ कुहिएको देख्दा धेरै नराम्रो लाग्यो ।’

  • चक्रपथ दोस्रो खण्ड

सम्झौता भएको सात वर्षपछि चीन सरकारको अनुदान सहयोगमा बन्न लागेको चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी–बसुन्धाराको सर्भे र डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । करिब पाँच महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने आयोजनाले जनाएको छ ।

  • जिसस

जिल्ला समन्वय समिति (जिसस) स्थानीय तहहरूबिच समन्वय, सहजीकरण र अनुगमन गर्ने संवैधानिक निकाय हो । तर लुम्बिनी प्रदेशका अधिकांश जिल्ला समन्वय समितिहरू यतिवेला आफ्नो भूमिका र अधिकार खोजिरहेका छन् । जसका कारण उसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको पनि छ ।

  • खराब कर्जा

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई बाध्यकारी रूपमा प्रवाह गर्न लगाएको कर्जा नउठ्ने क्रम बढ्दै गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको क्षेत्रगत निष्क्रिय कर्जासम्बन्धी विवरणले यस्तो अवस्था देखाएको हो ।

  •  हर्क सम्पाङको लोकप्रियता

 गत शनिबार बिहान ९ बजेतिर धरानको पटनाली खोला हुँदै कोकाहा खोलाबाट ल्याएको खानेपानीको पाइपलाई भूमिगत गर्न श्रमदाताको लस्कर लम्किँदै थियो । ह्याण्ड माइक बोकेर काजी डाँडो उक्लिँदै गएका धरान उपमहानगर प्रमुख हर्क साम्पाङले भने, ‘ए है...ए है... धराने ।’

  • एमाले बैठक

नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा ४९ जनाले आफ्नो धारणा राखेका छन् ।

  • कुलिङ अफ पिरियड

बहुचर्चित संघीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ नराख्न नेकपा एमालेले अझै जोडबल गरिरहेको पाइएको छ । एमालेका पाँच सांसदले ‘कुलिङ अफ पिरियड’को व्यवस्था हटाउन राष्ट्रिय सभामा हालेको संशोधन प्रस्तावबाटै यसको पुष्टि भएको छ ।

  • स्वास्थ्य बिमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय विशिष्टीकृत सेवा दिने अस्पताललाई रिफरल सेन्टरको रूपमा काम गर्ने गरी निर्देशन दिन स्वास्थ्य बिमा बोर्डलाई पत्राचार गर्‍यो । सोही आधारमा बोर्डले १ साउनदेखि प्रथम सेवाबिन्दुको रूपमा सेवा प्रवाह गरेका केन्द्रीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विशिष्टीकृत अस्पताल गरी २७ अस्पताललाई रिफरल सेवा दिन भनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप