बार्सिलोनामा पर्यटक चाप घटाउन दुई क्रुज टर्मिनल बन्द गरिने
सारांश
- बार्सिलोना सहरले बढ्दो पर्यटक चाप नियन्त्रण गर्न दुई क्रुज टर्मिनल बन्द गर्ने निर्णय गरेको छ।
- सन् २०२६ देखि लागू हुने यस निर्णयले बार्सिलोनामा पाँच वटा मात्र क्रुज टर्मिनल सञ्चालनमा रहनेछन्।
- हरित ऊर्जा प्रणाली जडानका लागि १८५ मिलियन युरो लगानी गरिनेछ, जसले प्रदूषण कम गर्नेछ।
काठमाडौँ । युरोपको सबैभन्दा ठुलो क्रुज बन्दरगाह रहेको स्पेनको बार्सिलोना सहरले बढ्दो पर्यटक चाप नियन्त्रण गर्न दुईवटा क्रुज–सिप टर्मिनल बन्द गर्ने भएको छ।
सहरको नगर परिषद् र बन्दरगाह प्रशासनबिचको सहमतिअनुसार सन् २०२६ देखि लागू हुने निर्णयपछि बार्सिलोनामा अब पाँच वटा मात्र क्रुज टर्मिनल सञ्चालनमा रहनेछन्।
यस योजनाअनुसार यात्रुहरूको सहरभित्रको गतिविधि अध्ययन गर्न अध्ययनको लागि बजेट छुटाइएको छ। यसले भविष्यमा दिगो यातायात योजना बनाउन सहयोग गर्ने बताइएको छ।
सहमति अनुसार करिब १८५ मिलियन युरो (झन्डै २१६ मिलियन अमेरिकी डलर) बराबरको सार्वजनिक–निजी साझेदारीमा लगानी हुनेछ। यसले क्रुजहरूलाई बन्दरगाहमा हरित विद्युत् प्रणालीसँग जडान गर्न मिल्ने बनाइनेछ, जसले इन्जिन बन्द राखेर प्रदूषण कम गर्न मद्दत गर्नेछ।
बार्सिलोना सहरले सन् २०२४ मा मात्रै १६ लाखभन्दा बढी ट्रान्जिट क्रुज यात्रुहरू स्वागत गरेको थियो। गत वर्ष जुलाईमा हजारौँ स्थानीयवासीले ‘पर्यटनको सीमा तय गरौँ’ भन्ने नारासहित प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण