कर्मचारी
यस आर्थिक वर्षमा चार दर्जन सहसचिव जाँदैछन् अवकाशमा (सूचीसहित)
मङ्गलबार, ०६ साउन २०८२, १२ : ११
सारांश
- यस वर्ष ४५ भन्दा बढी सहसचिव अनिवार्य अवकाशमा जाँदैछन्, राष्ट्रिय किताबखानाको तथ्याङ्कले देखाएको छ।
- मुख्य सचिव र १६ सचिवसहित, यो आर्थिक वर्षमा २,२११ निजामती कर्मचारी सेवानिवृत्त हुँदैछन्।
- अवकाशमा जाने सहसचिवहरू प्रशासन, इन्जिनियरिङ, कृषि, न्याय, वन, परराष्ट्र र लेखा सेवाका छन्।
काठमाडौँ । चार दर्जन सहसचिव यो आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) का अनुसार यो वर्ष ४५ बढी सहसचिव अनिवार्य अवकाशमा जाँदैछन् ।
किताबखानाले आर्थिक वर्ष अवकाशमा जाने कर्मचारीहरूबारे तयार पारेको तथ्याङ्कमा मुख्यसचिव एकनारायण अर्याल, १६ सचिव तथा ४५ बढी सहसचिव अवकाशमा जाने भएका हुन् ।
यो आर्थिक वर्षमा निजामती तर्फका सबै तहका गरी दुई हजार दुई सय ११ कर्मचारी अनिवार्य अवकाशमा जाने किताबखानाले तयार पारेको तथ्याङ्कमा उल्लेख छ ।
अवकाशमा जाने सहसचिवहरूमध्ये १५ जना प्रशासन सेवा तर्फका छन् । १३ जना इन्जिनियरिङ, चार जना कृषि सेवाका, न्याय सेवाका ६ जना, वन सेवाका दुई, परराष्ट्रका एक र लेखाका तीन जना छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण