रुससँग व्यापार गरे भारत र चीनको अर्थतन्त्र ध्वस्त पारिदिने ट्रम्पका सांसदको धम्की
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले रूस र युक्रेनबीच युद्धविराम गराउन प्रयास गरिरहेका छन्।
- सांसद ग्राहमले भारत र चीनले रुससँग व्यापार जारी राखे ट्यारिफ लगाउने धम्की दिए।
- ट्रम्पले रुसलाई युद्धविरामका लागि सन् २०२५ सेप्टेम्बर २ सम्मको समयसीमा दिएका छन्।
वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबिच युद्धविराम गराउन विभिन्न प्रयासहरू गरिरहेका छन् ।
यही क्रममा उनका एक निकट सांसदले रूससँग व्यापारिक सम्बन्ध राख्ने देशहरूलाई कडा चेतावनी दिएका छन् । रिपब्लिकन पार्टीका प्रभावशाली सांसद लिन्डसे ग्राहमले यदि भारत र चीनले रुससँग व्यापार जारी राखे ट्रम्पले दुवै देशमाथि भारी ट्यारिफ लगाउने खुला धम्की दिएका हुन् ।
५०० प्रतिशत ट्यारिफको प्रस्ताव
सांसद ग्राहमले नै रूससँग व्यापार गर्ने देशहरूमाथि ५०० प्रतिशतसम्म ट्यारिफ लगाउनुपर्ने प्रस्ताव अघि सारेका थिए, जसमा भारत र चीन र ब्राजिलको नाम पनि समावेश थियो । उनले अब यी देशहरूले रूसबाट सामान किन्न नरोके उनीहरूको अर्थतन्त्र नै बर्बाद हुने चेतावनी दिएका छन् ।
पुटिनलाई रोक्न आवश्यक छ : ग्राहम
चीन, भारत र ब्राजिलले रुसको ८० प्रतिशत तेल खरिद गरिरहेका ग्राहमको दाबी छ, जसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध जारी राख्न मद्दत पुगिरहेको छ । उनले यसलाई ‘ब्लड मनी’को संज्ञा दिँदै भने, 'पुटिनलाई नरोकेसम्म उनी रोकिने छैनन् ।'
ग्राहमभन्दा पहिले नेटोले पनि चीन र भारतमाथि ट्यारिफ लगाउने चेतावनी दिइसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई युद्धविराममा सहमत हुन सन् २०२५ सेप्टेम्बर २ सम्मको समयसीमा दिएका छन् ।
ट्रम्पले यदि रुस युद्धविरामका लागि तयार नभए उसमाथि ५०० प्रतिशत ट्यारिफ लगाइने चेतावनी दिएका छन् । साथै रुससँग व्यापार गर्ने देशहरूमाथि पनि १ सय प्रतिशत अतिरिक्त ट्यारिफ लगाइने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण