बीवाईडी ग्रुप इन्टर मिलानको ‘ग्लोबल अटोमोटिभ पार्टनर’ घोषणा
सारांश
- बीवाईडी ग्रुप र इटालियन फुटबल क्लब इन्टर मिलानबीच तीन वर्षे रणनीतिक साझेदारी भएको छ।
- साझेदारी अन्तर्गत बीवाईडीले इन्टर मिलानका लागि ७० वटा सवारी साधन उपलब्ध गराउनेछ।
- बीवाईडीले इन्टर मिलानका समर्थकका लागि विशेष योजना ल्याउने तयारी गरेको छ।
काठमाडौँ । बीवाईडी ग्रुप ले इटालियन फुटबल क्लब इन्टर मिलानसँग तीन वर्षे रणनीतिक साझेदारी घोषणा गरेको छ। यो साझेदारीसँगै बीवाईडी अब इन्टर मिलानको ‘ग्लोबल अटोमोटिभ पार्टनर’ बनेको छ।
साझेदारीले विश्वभर फैलिएको आफ्ना बजारहरूमा यी दुई ब्रान्डबिच सशक्त सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ। इन्टर मिलान विश्वभर ५३३ मिलियनभन्दा बढी समर्थकहरू भएको क्लब हो। चीनमा मात्र क्लबका १५४ मिलियनभन्दा बढी प्रशंसकहरू छन्, जुन बीवाईडी ग्रुप को मुख्यालय रहेको देश पनि हो। दक्षिण अमेरिका जस्तो प्रमुख बजारमा इन्टरले झन्डै ९० मिलियन समर्थकहरू जोड्न सफल भएको छ।
बीवाईडी ग्रुप ले भने सन् २०२४ मा ४.२ मिलियन नयाँ ईभी सवारी (एनईभी) बिक्री गर्दै ४१% वृद्धि हासिल गरिसकेको छ। यसै वर्षको पहिलो छ महिनामा मात्र २ मिलियनभन्दा बढी इकाई बिक्री गरिसकेको कम्पनीले निरन्तर दोहोरो अङ्कको वृद्धिदर कायम राखेको छ।
साझेदारी अन्तर्गत बीवाईडी ग्रुप ले इन्टर मिलानका प्रबन्धक, प्राविधिक टोली तथा खेलाडीहरूका लागि झन्डै ७० वटा सवारी साधन उपलब्ध गराउनेछ। यसमा कम्पनीका अत्याधुनिक इलेक्ट्रिक र सुपर प्लग–इन हाइब्रिड (डीएमआई-आई) मोडेलहरू समावेश हुनेछन्। यसले खेलाडी तथा स्टाफलाई हरित परिवहन समाधानको अनुभव दिलाउनेछ।
सुरुवातमा, इन्टरलाई बीवाईडी को प्रमुख मोडेल सेलियन ७ को विशेष संस्करण प्रदान गरिनेछ । यसै सवारीको सीमित संस्करण पछि इन्टर समर्थकहरूका लागि बजारमा उपलब्ध गराइनेछ।
विश्वभरका इन्टर समर्थकहरूका लागि बीवाईडी सवारी किन्न वा भाडामा लिने विशेष योजना पनि तयारीको चरणमा रहेको कम्पनीले जानकारी दिएको छ। यसबारे विस्तृत विवरण केही हप्ताभित्र सार्वजनिक गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण