‘स्ववियु निर्वाचन प्रक्रिया अवरूद्ध गर्न खोज्नेहरूप्रति कडा आपत्ति’, भ्रामक समाचार सच्याउन माग
सारांश
- सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनको मनोनयन दर्ताका क्रममा अवरोध भयो र झडप भयो।
- गठबन्धनमा आबद्ध विद्यार्थी सङ्गठनहरूले समाचारलाई भ्रामक भन्दै सच्याउन माग गरेका छन्।
- विद्यार्थी सङ्गठनहरूले निर्वाचन तोकिएको मितिमा नै सम्पन्न गर्न माग गरेका छन्।
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि गठबन्धनमा आबद्ध पाँच विद्यार्थी सङ्गठनले मंगलबार बिहान निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्न जाँदा उत्पन्न अवरोध र त्यसपछि सञ्चारमाध्यममा आएको ‘भ्रामक समाचार’प्रति कडा आपत्ति जनाएका छन्।
मंगलबार बिहान गठबन्धनमा आबद्ध पाँच विद्यार्थी सङ्गठनका उम्मेदवार र विद्यार्थीहरू निर्वाचन कार्यालय पुगेका थिए। सोही समयमा केही अराजक समूहले निर्वाचन प्रक्रिया अवरुद्ध गर्ने प्रयास गर्दै कार्यालयमा ताला लगाउन खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो।
उक्त घटनाका क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडपसमेत भएको थियो। सोही विषयलाई लिएर सञ्चारमाध्यमहरूले “नेविसंघ र अखिल क्रान्तिकारीबिचको झडपका कारण मनोनयन प्रक्रिया अवरुद्ध” भन्ने आशयमा समाचार सम्प्रेषण गरेपछि गठबन्धनमा आबद्ध सङ्गठनहरूले कडा आपत्ति जनाएका हुन् ।
अखिल क्रान्तिकारी बहुमत कञ्चनपुरका इन्चार्ज प्रकाश भट्ट,अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी लगायत पाँच विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केही अराजक समूहले निर्वाचन प्रक्रिया भाँड्ने र निर्वाचन कार्यालयमा ताला लगाउने प्रयास गर्दै गर्दा प्रहरी प्रशासनसँग झडप भएको घटनालाई विभिन्न सञ्चार माध्यमहरूले नेविसंघ र अखिल क्रान्तिकारीको झडपका कारण मनोनयन प्रक्रिया रोकिएको भन्ने भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरेको विषयमा हामी गठबन्धनमा आबद्ध सङ्गठनहरू घोर भर्त्सना व्यक्त गर्दै सत्य तथ्य घटना र जानकारी बुझेर यथाशीघ्र सच्याउन माग गर्दछौँ ।’
साथै, गठबन्धन सङ्गठनहरूले साउन १४ गते तोकिएको मितिमा नै स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने माग गर्दै निर्वाचन समिति र प्रशासनलाई समयमै उम्मेदवारी दर्ता प्रक्रिया सुचारु गर्न आग्रह गरेका छन्।
निर्वाचन प्रक्रिया प्रभावित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी निर्वाचन समिति र विश्वविद्यालय प्रशासनले लिनुपर्ने समेत जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यही साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण