साफ यू–१७ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीको नाम सार्वजनिक
मकवानपुर । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टिमका ३५ खेलाडीको नामावली सार्वजनिक गरिएको छ । मंगलबार साँझ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हेटौँडाको गौरिटार रङ्गशालामा सञ्चालन गरेको छनौट क्याम्पबाट ३५ खेलाडीको नामावली सार्वजनिक गरेको हो ।
छनौट भएका ३५ खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बन्द प्रशिक्षणका लागि समेत बोलाएको हो । यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि तयारी स्वरूप नेपाली यू–१७ राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण सुरु गर्न एन्फाले गत साउन ४, ५ र ६ गते हेटौँडा छनौट कार्यक्रम सञ्चालन गरेको हो ।
छनौट भएका ३५ खेलाडीहरूको नामावली सार्वजनिक गर्दै एन्फाले आगामी साउन ८ गते साँझ ६ बजेसम्म अनिवार्य रूपमा रेगल हेटौँडा रिसोर्ट, मकवानपुरमा उपस्थित हुन सूचित गरेको छ। उपस्थित हुँदा खेलाडीहरूले आफ्नो सक्कल नाबालक परिचयपत्र र पासपोर्ट (भएमा मात्र) अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ एन्फाले जनाएको छ ।
साफ यू–१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ नेपालले बन्द प्रशिक्षणमार्फत टोली छनोट तथा तयारी प्रक्रिया अघि बढाउने आयोजक समिति सदस्य विनोद कार्कीले जानकारी दिए ।
छनौट क्याम्पमा एन्फामा आबद्ध ७ प्रदेश फुटबल सङ्घबाट ३५० भन्दा बढी खेलाडी सहभागी रहेका थिए । एन्फाले जिल्ला र प्रदेश फुटबल सङ्घबाट खेलाडी छनोट गरी केन्द्रियस्तरका अन्तिम छनोट सुरु गरेको थियो ।
आगामी भदौ ४ गतेदेखि १५ गते सम्म भुटानमा साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदै छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण