बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बुधबार, ०७ साउन २०८२, ०७ : २९
बुधबार, ०७ साउन २०८२

सारांश

  • अविरल वर्षाले गर्दा कालीगण्डकी करिडोरको बागलुङ खण्डमा पहिरो गएर सडक अवरुद्ध भएको छ।
  • बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खसेको र बिहानैदेखि यातायात ठप्प भएको छ।
  • सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको छ, र बलेवा–कुशिमसेरा सडक पनि अवरुद्ध छ।

बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए । उक्त खण्डमा आज बिहानदेखि यातयात सञ्चालन ठप्प भएको छ । 

वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए । करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप