मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

म्यानचेस्टरमा ‘एकल शास्त्रीय सांगीतिक साँझ’मा गुञ्जिए राज सिग्देल

बुधबार, ०७ साउन २०८२, १२ : १५
बुधबार, ०७ साउन २०८२

काठमाडौं । गजल गायक राज सिग्देल बेलायतको म्यानचेस्टरमा ‘एकल शास्त्रीय सांगीतिक साँझ’मा गुञ्जिएका छन् । गत आइतबार ८८४८ भाइब्सको आयोजनामा भएको कार्यक्रममा राजले ‘ऊ जितेर गई’ लगायत आफ्ना लोकप्रिय गीत तथा गजल सुनाएर तीन घण्टा दर्शक-श्रोताहरुलाई मन्त्रमुग्ध बनाए । 

चितवनमा खुल्न लागेको अध्यात्म संगीत आश्रमको सहयोगार्थ आयोजित सांगीतिक साँझमा म्यानचेस्टर, लिभरपुल, बोल्टन र प्रेस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको ८८४८ भाइब्सका निर्देशक मनोज बजगाईंले बताए । 

'अध्यात्म र शास्त्रीय संगीतलाई जोड्ने  म्युजिक एकेडेमी जस्तो नयाँ कन्सेप्टमा हामी सहयोगी बन्न पाउँदा गर्व लागेको छ,’ बजगाईंले भने, ‘गायक राज सिग्देलज्यूको यस्तो महत्वपूर्ण प्रोजेक्टमा सहयोगको हिस्सा बन्न पाएकोमा ८८४८ भाइब्स गौरव महसुस गर्दछ ।' 

राज सिग्देलको मुख्य प्रस्तुति अगाडि उक्त सांगीतिक साँजमा गाला डिनर, ओपन माइक, अनौपचारिक परिचयात्मक लगायतका सेग्मेन्ट राखिएको थियो । 

Raj Sigdel1

कार्यक्रममा ८८४८ भाइब्सले प्रेस्टनका  युवाहरुले सञ्चालन गरेको जोली जन्क्सन इभेन्टसँग साझेदारी सम्झौता समेत गरेको थियो । ८८४८ भाइब्सले च्यारिटी संस्थाको रुपमा ८८४८ फाउन्डेसन स्थापना गर्न लागेको पनि कार्यक्रममा घोषणा गरेको थियो । उक्त प्रस्तावित फाउन्डेसनले  गायक सिग्देलको नेतृत्वमा बन्न लागेको आध्यात्मिक संगीत आश्रमलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ । 

प्रस्तावित ८८४८  फाउन्डेसनका संयोजक अनिल पौडेलका अनुसार फाउन्डेसनले नेपाल र बेलायतलाई विभिन्न प्रोजेक्टमार्फत जोड्ने प्रयास गर्ने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप