प्रधानमन्त्रीको संसदमा विशेष सम्बोधन अर्को दिनलाई सर्यो
बुधबार, ०७ साउन २०८२, १२ : ५३
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन अर्को दिनलाई सारिएको छ।
- एमाले प्रमुख सचेतक महेश बर्तौलाले सम्बोधन सरेको जानकारी दिए।
- प्रधानमन्त्रीको तयारी नपुगेर सम्बोधन स्थगित भएको बताइएको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा गर्ने भनेको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ ।
‘आज ७ गते दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीबाट हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको र कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर यथावत् रहेको जानकारी गराउन चाहन्छु’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
यद्यपि अर्को कुन दिन भन्ने बर्तौलाले खुलाएका छैनन् । प्रधानमन्त्रीको तयारी नपुगेर सम्बोधन स्थगित भएको बताइएको छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने यथावत् रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण