मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

गोरखा ब्रुअरी र पठाओको सहकार्यमा  ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु

बुधबार, ०७ साउन २०८२, १२ : ५३
बुधबार, ०७ साउन २०८२

काठमाडौँ ।  नेपालमा Responsible Drinking  Safer Mobility  संस्कृतिको प्रवर्द्धन गर्न गोरखा ब्रुअरी प्रालिले नेपालको राइड–हेलिङ प्लेटफर्म पठाओसँग सहकार्य गर्दै ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेको छ। यो पहल गोरखा ब्रुअरीको वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन (ESG) सम्बन्धी प्रतिबद्धताको हिस्सा हो, जसले दिगोपन अभियानTogether Towards ZERO and Beyond’ अन्तर्गत ZERO irresponsible drinking लक्ष्यलाई समर्थन गर्दछ। 

यस अभियान मार्फत सामाजिक जमघट विशेषतः रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिहरूलाई मद्यपान पछिको यात्रा सुरक्षित बनाउन पठाओ जस्ता सेवाको उपयोग गर्न प्रेरित गरिनेछ। यसले  ‘ड्रिंक एन्ड ड्राइभ’ विरुद्ध सचेतना फैलाउँदै दीर्घकालीन जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

‘यो अभियान केवल सन्देश हैन, चेतना र सोचमा रूपान्तरण ल्याउने प्रयास हो। सामाजिक उत्तरदायित्व प्रति हाम्रो गहिरो प्रतिबद्धता र स्थानीय सहकार्यबाट सकारात्मक प्रभाव सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण हो,’ गोरखा ब्रुअरीका मार्केटिङ डाइरेक्टर रोजन अमात्यले बताए ।

पहिलो चरण : काठमाडौँ उपत्यकामा व्यावहारिक अभियान

अभियानको प्रारम्भिक चरण काठमाडौँ उपत्यकामा सञ्चालन हुने समेत जनाइएको छ । पठाओको डेटा–आधारित सञ्चार संयन्त्र मार्फत सामाजिक तथा मनोरञ्जन क्षेत्रहरूमा लक्षित सन्देश प्रवाह गरिनेछ, जसले प्रभावकारी रूपमा जिम्मेवार मद्यपानबारे सचेतना फैलाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

नेपालको पेय उद्योगमा पहिलोपटक यस्तो सहकार्य

नेपालमा ब्रुअरी कम्पनी र राइड–हेलिङ प्लेटफर्मबिच जिम्मेवार मद्यपान प्रवर्द्धनका लागि यस किसिमको सहकार्य पहिलो हो। यसले उद्देश्य–केन्द्रित सहकार्य मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने सम्भावना उजागर गरेको छ।

गोरखा ब्रुअरी र पठाओले दिगोपनका प्रतिबद्धतालाई व्यावहारिक कार्यद्वारा रूपान्तरण गर्दै, सकारात्मक परिवर्तन सचेत निर्णय र सामूहिक प्रयासबाट सुरु हुने स्पष्ट सन्देश दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप