अवकाश पाउनुभन्दा तीन दिनअघि राजीनामा, एक दिनअघि स्वीकृत
सारांश
- नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले अनिवार्य अवकाशको ३ दिनअघि राजीनामा दिएका छन्।
- उनले साउन २ गते राजीनामा दिएका थिए र मन्त्रिपरिषद्ले सोही दिनदेखि लागू हुने गरी स्वीकृत गरेको हो।
- राजीनामा स्वीकृत भएसँगै डा. घिमिरे साउन ५ गतेबाट अनिवार्य अवकाशमा जानेछन्।
काठमाडौँ । नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले अनिवार्य अवकाश पाउनुभन्दा तीन दिन अगाडि पदबाट राजीनामा दिएका छन् ।
डा. घिमिरेले साउन २ गते पदबाट राजीनामा दिएका हुन् । उनले साउन २ गतेबाट लागू हुने गरी दिएको स्वैच्छिक अवकाश साउन चार गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दा १० नम्बरमा लेखिएको छ, ‘नायबमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागु हुने गरी पेस गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती)ले डा. घिमिरे साउन ५ गतेबाट अनिवार्य अवकाशमा जाने उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत अनिवार्य अवकाशमा जानुभन्दा केही दिन अगाडि राजीनामा दिएमा केही प्याकेज पाइने भएकाले राजीनामा दिनसक्ने जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण