सार्वजनिक लेखा समिति बैठक
जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन लेखा समितिको निर्देशन
बुधबार, ०७ साउन २०८२, १३ : ०५
सारांश
- सार्वजनिक लेखा समितिले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।
- समितिका अनुसार, सर्वोच्च अदालतमा मुद्दा रहे पनि कानुन विपरीत नहुने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो।
- समिति सभापति ऋषिकेश पोखरेलले यो जानकारी दिए।
काठमाडौँ। सार्वजनिक लेखा समितिले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। बुधबार जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएको ढिलाइ र अनियमितताका विषयमा भएको छलफल पछि यस्तो निर्देशन दिएको हो।
समितिमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियाका विषयमा सर्वोच्च अदालतमा मुद्दा रहेको बताए । उनले सर्वोच्च अदालतमा मुद्दा रहेता पनि प्रचलित कानुन विपरीत नहुने गरी सम्बन्धित निकायलाई जबाफदेही हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।
उनले भने, ‘उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा । प्रचलित कानुन विपरीत नहुने गरी सम्बन्धित निकायलाई जबाफदेही हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण