नागरिक उन्मुक्तिको बैठक बस्दै, तर अध्यक्ष भन्छिन् – मलाई थाहा छैन
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक साउन ९ गतेका लागि बोलाइएको छ । तर पार्टीकी अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठलाई बैठकबारे जानकारी नै छैन । भनिन्, ‘केन्द्रीय समितिको बैठककोबारे मलाई थाहा छैन ।’
बैठक पार्टीका महासचिव गंगा चौधरीले बोलाएका छन् । रुपन्देहीमा हुने उपनिर्वाचन, संगठन निर्माण, अध्यक्ष श्रेष्ठमाथि लागेको आरोपलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । उक्त बैठकमा अध्यक्ष श्रेष्ठ भने अनुपस्थित रहने बताइएको छ ।
पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य लालवीर चौधरीले पार्टीका विभिन्न समसामयिक विषयमा समेत छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । 'बैठकबारे अध्यक्ष श्रेष्ठलाई पनि जानकारी गराइएको छ तर उनले आफूलाई फर्सद नरहेको बताउनुभयो,' उनले भने, 'पार्टीलाई धेरै दिनसम्म बन्धक बनाएर राख्न सकिँदैन, बैठक ९ गते बस्छ र आफ्ना निर्णय गर्छ ।'
पोखराको जग्गा प्रकरणमा अध्यक्ष श्रेष्ठको नाम मुछिएपछि पार्टीमा प्रश्न उठेको छ । ती कुरालाई स्पष्ट पार्न केन्द्रीय समितिको बैठक बोलाइएको बताइएको छ । आफूमाथि नै प्रश्न उठ्ने भएपछि अध्यक्ष श्रेष्ठ बैठकमा सहभागी हुन नचाहेको बुझिएको छ ।
केन्द्रीय समितिको बैठक बोलाउने अधिकार अध्यक्षको हुन्छ, अध्यक्षले नबोलाएको बैठकले गर्ने निर्णय मान्य नहुने पार्टीका एक केन्द्रीय सदस्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क पुनर्जीवनका लागि माल्दिभ्सको पहल
-
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
-
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले भन्यो– घरायसी विवादकै कारण ज्योतिले आत्मदाह गरेको देखिन्छ
-
रुस–युक्रेनबीच भीषण आक्रमण जारी, १० जनाको मृत्यु
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण