गृह मन्त्रालयमा जागिर मिलाइदिन्छु भनेर ठगेको आरोपमा पूर्व सैनिक पक्राउ
सारांश
- प्रहरीले गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
- पक्राउ पर्ने व्यक्ति सिन्धुलीका गंगा हरि न्यौपाने हुन्, जसले जागिर मिलाइदिने र अन्य प्रलोभन देखाएर रकम असुलेका थिए।
- उनी पूर्व सैनिक हुन् र यसअघि पनि विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप लागेको छ।
काठमाडौँ । गृह मन्त्रालयको कर्मचारी हुँ भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१३ घर भएर नयाँ बानेश्वर बस्ने गङ्गा हरि न्यौपाने छन् ।
४६ वर्षीय न्यौपानेलाई सिन्धुलीको भिमानबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । न्यौपाने पूर्व सैनिक हुन् । सेनाबाट भागेपछि पक्राउ परेका उनी २०६९ भदौमा अदालतको फर्जी पत्र पेस गरेर कारागारबाट छुटेको भेटिएको छ ।
पछिल्लो समय उनले रामेछापको पकरबास घर भएकी एकजना महिलालाई गृह मन्त्रालयमा करारमा जागिर मिलाइदिन्छु भनेर ५० हजार असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
नेपाली सेनाको लेफ्टिनेन्ट र क्याप्टेन बनाउँछु भनेर उनले यसअघि पनि ठग्ने गरेको भेटिएको छ । नख्खु कारागारबाट कैदी छुटाउँछु भनेर तथा भीआईपी कोटामा शान्ति सेनामा पठाउँछु भनेर उनले ठग्ने गरेको भेटिएको एसपी आचार्यले जानकारी दिए ।
प्रहरीको रेकर्डमा उनीविरुद्ध किर्ते र ठगीका ६ वटा मुद्दा चलेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण