इयु–अमेरिका व्यापार वार्ता: समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी
सारांश
- युरोपेली संघ र अमेरिकाबीचको व्यापार सम्बन्धबारे छलफल गर्न युरोपेली संघका प्रतिनिधि र अमेरिकी वाणिज्य सचिवबीच वार्ता हुँदैछ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौता नभए युरोपेली संघका वस्तुमा भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्, जसको जवाफमा ईयूले पनि तयारी गरिरहेको छ।
- दुईवटा शुल्क प्रस्तावलाई समेटेर साझा सूची बनाउने तयारी छ, भने वार्ता विफल भए सेवा क्षेत्रमा प्रतिबन्ध लगाउने तयारी छ।
ब्रसेल्स। युरोपेली सङ्घ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस सेफ्कोभिकले बुधबार अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकसँग टेलिफोनमार्फत संवाद गर्ने कार्यक्रम तय भएको युरोपेली आयोगले जानकारी दिएको छ । पछिल्लो समय युरोपेली सङ्घ र अमेरिकाबिच व्यापार सम्बन्धमा देखिएको असमझदारी समाधान गर्ने उद्देश्यले हुने यो उच्चस्तरीय संवादलाई निकै संवेदनशील र महत्त्वपूर्ण मानिएको छ ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि (अगस्ट १) भित्र कुनै व्यापार सम्झौता हुन नसकेमा युरोपेली सङ्घका वस्तुहरूमा ३० प्रतिशतसम्म भन्सार शुल्क लगाउने सम्भावना रहेको सङ्केत गरेका छन् । यस्तो अवस्थामा युरोपेली सङ्घले पनि आफ्ना आर्थिक हितलाई सुरक्षित राख्न सक्ने विकल्पहरूको तयारी गरिरहेको छ ।
युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले भने, “हाम्रो प्राथमिक उद्देश्य आपसी समझदारीमा आधारित समाधान निकाल्नु हो । त्यसैअनुसार अहिले प्राविधिक र राजनीतिक दुवै तहमा निरन्तर संवाद भइरहेको छ ।” बुधबार हुने टेलिफोन संवादपछि युरोपेली आयोगले आफ्ना सदस्य राष्ट्रहरूलाई वार्ताको प्रगति र सम्भावित परिणामहरूको बारेमा जानकारी दिने योजना बनाएको छ ।
हालसम्म युरोपेली सङ्घले दुईवटा छुट्टाछुट्टै शुल्क प्रस्ताव तयार पारेको छ। पहिलो प्रस्तावमा करिब ७२ अर्ब युरो (८४ अर्ब अमेरिकी डलर) बराबरका अमेरिकी वस्तुहरू समेटिएका छन् । दोस्रो प्रस्ताव भने अघिल्लो वर्ष राष्ट्रपति ट्रम्पले स्टिल (इस्पात) र एल्युमिनियममा लगाएको भन्सार शुल्कको प्रतिक्रिया स्वरूप बनाइएको हो, जसमा करिब २१ अर्ब युरो बराबरका वस्तुहरू समावेश छन् । अब यी दुवै प्रस्तावलाई समेटेर एउटै साझा सूची तयार गरिने तयारी गरिएको छ, जुन आवश्यक परे ९अगस्ट ७० देखि लागू गर्न सकिनेछ ।
वार्तालाई प्राथमिकता दिइए तापनि युरोपेली आयोगले सम्भावित सबै विकल्पहरूको तयारी गर्दै आएको छ । सम्झौता नभएमा केही सेवा क्षेत्रमा पनि सशर्त प्रतिबन्ध लगाउने प्रस्ताव तयारी अवस्थामा राखिएको छ, जसमा प्रविधि तथा वित्तीय सेवा क्षेत्रमा सक्रिय अमेरिकी कम्पनीहरू पनि पर्न सक्ने सम्भावना रहेको कूटनीतिक स्रोतहरूले जनाएका छन् ।
सदस्य राष्ट्रहरूले वार्तालाई सकारात्मक रूपमा अघि बढाउन आयोगलाई समर्थन जनाइरहेका छन् । तर प्रमुख राष्ट्रहरू जस्तै फ्रान्स र जर्मनीले पछिल्लो समयमा आवश्यकता परेमा युरोपेली सङ्घले उपयुक्त र दृढ प्रतिक्रिया दिनुपर्नेमा जोड दिएका छन् ।
युरोपेली आयोगले अहिले पनि वार्तामार्फत पारस्परिक समाधानको बाटो खोलिने आशा राखेको छ । बुधबार हुने संवादले आगामी दिनमा युरोप–अमेरिका व्यापारिक सम्बन्ध कतातर्फ मोडिनेछ भन्ने कुराको सङ्केत दिने विश्वास गरिएको छ । सबै पक्षहरू संयम, सम्मान र समझदारीका साथ समाधान खोज्ने प्रयत्नमा लागिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण